काठमाडौं, ५ जेष्ठ । कोलम्बियामा भुस्खलन हुँदा ४८ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । एनटियोकिाया प्रान्तमा आएको भुस्खलनपछी सुरक्षाफौजको तैनाथी बढाई उद्धार कार्य तीब्र पारिएको छ । भुस्खलनका कारण सो प्रान्त खाली गरी स्थानीय बासीन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । भूस्खलनपछी कोलोम्बियामा भारी बर्षा भएपछी जनजीवन अस्तब्यस्त बनेको छ । मौसमबिदहरुले भारी बर्षा जारी रहने जनाएको छ ।
कोलम्बियामा भुस्खलन हुँदा ४८ जनाको मृत्यु






