काँग्रेस सभापतिमा देउवाको बहुमत पुगेन, देउवा र कोइरालावीच फेरी चुनाव हुने

काठमाडौं । नेपाली कांग्रेसमा सभापति चयनका लागि भएको पहिलो चरणको चुनावमा उम्मेदवारले बहुमत पुर्‍याउन नसक्दा पुनः मतदान हुने भएको छ ।

सार्वजनिक मतपरीणाम अनुसार सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलो र दोस्रो अर्थात शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुने निश्चित भएको हो ।देउवाले सबैभन्दा बढी मत पाए पनि उनले ८३ मत पुर्‍याउन नसक्दा निर्वाचन हुन लागेको हो । कुल ४६७९ मतमा देउवाले २२५८ मत पाए ।

कोइरालाले १७२९ मत पाएका छन् । यसैगरी,प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए । सभापति चयनका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि हुने जारी महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै हुने भएको छ ।

पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक प्रचास प्रतिशत भन्दा धेरै मत नपाएपछि दोस्रो चरणको मतदान हुन लागेको हो । मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ । मंगलबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको छ । कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।