लन्डन । पूर्वयुवराज्ञी हिमानी शाहको प्रत्यक्ष नेतृत्वमा सञ्चालित ‘हिमानी ट्रष्ट’ कोषले आफ्नो शाखा बिस्तारको क्रममा बेलायतमा पनि च्याप्टर स्थापना गरेको छ ।
लन्डनमा भएको भेलालले हिमानी ट्रष्ट युकेको अध्यक्षमा हिराधन राई चयन भएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा विनोद बराल,उपाध्यक्षमा बबिता लामा, महासचिवमा सुरज सुवेदी र कोषाध्यक्षमा सत्य भट्टराईलाई चयन गरेको छ।
एमडीएफ निर्देशकमा रिना अधिकारी, सीआरएफ निर्देशकमा शशांक शर्मा तथा बोर्ड अफ डाइरेक्टरमा वीरेन्द्र गुरुग, प्रविन विक्रम थापा, अमन गुप्ता, गोपाल अधिकारी, बिना प्रधान, विवेक कोइराला र अमितवशाह चयन भएका छन् ।
नवीन गुरुङ,वाचस्पति रेग्मी र सञ्जीव घिमिरे सल्लाहकार रआईपीएम निर्देशकमा शिव भण्डारी चयन भएको हिमानी ट्रष्ट युकेका नवनिर्वाचित अध्यक्ष राईले जानकारी दिए ।
हिमानी ट्रष्ट यूके अध्यक्ष हिरा धन राईले परोपकारी कार्य र समाजिक सेवाभावको उद्देश्य बोकेर संस्थाको स्थापना भएको
बताए । पूर्वयुवराज्ञी हिमानीको नाम जोडिएर बनेको यो ट्रष्टको मूल उद्देश्य भनेको देश र मुलुकको हितका खातिर परोपकारी कार्यमा जुट्नु रहेको अध्यक्ष राईले लण्डन नेपाल न्युज लाई बताए
हिमानी ट्रष्ट एक परोपकारी संस्था हो, जसको स्थापना सेप्टेम्बर २०१० मा भएको हो। यस संस्थाका प्रमुख संरक्षक पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह रहनुभएको छ भने, संस्थाको नेतृत्व पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले गरिरहनुभएको छ। कुनै पनि राजनीतिक पूर्वाग्रहबाट अलग रहँदै, ट्रष्टले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला सशक्तिकरण, र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा निरन्तर कार्य गर्दै आइरहेको छ।
हिमानी ट्रष्टले नेपालभरि ५३ भन्दा बढी जिल्लामा विभिन्न सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। बाढीपीडितहरूका लागि आश्रय गृह निर्माण, दुर्गम क्षेत्रका महिलाहरूका लागि प्रसूति केन्द्र स्थापन, भूकम्प प्रभावित विद्यालयहरूको पुनर्निर्माण, र ‘स्मार्ट गाउँ’ विकास जस्ता दीर्घकालीन योजनाहरू मार्फत ट्रष्टले समाजमा स्थायी परिवर्तन ल्याउने लक्ष्य लिएको छ।
नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि हिमानी ट्रष्टको सेवा विस्तार भइरहेको छ। २०२० मा अष्ट्रेलिया र २०२१ मा अमेरिका शाखा स्थापना गर्दै ट्रष्टले नेपाली समुदायलाई एकीकृत गर्दै विश्वव्यापी सहयोग संजाल निर्माण गरेको छ।
साथै, हिमानी ट्रष्ट यूकेको स्थापनाको लागि हिमानी ट्रष्ट अमेरिकाका आईपिएम डाईरेक्टर डा. शंकर बिसुन्के पहल गर्नु भएको थियो ।






