लण्डन । नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च बेलायतको अध्यक्षमा मानबहादुर गुरुङ चयन भएका छन् ।
आइतबार लण्डनमा भएको चौथो अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षहरुमा तुल छन्त्याल, फूलप्रसाद कँडेल, शेरसिंह ठकुरी र नविन स्याङतान तामाङ, महासचिवमा बिमला लिम्बु, सचिवहरुमा कान्छाराम बुढाथोकी (विनय) र राजमनी राई, कोषाध्यक्षमा कपिल श्रेष्ठ र सहकोषाध्यक्षमा माया केसी तथा सदस्यहरुमा राममणि रिजाल, हरिकृष्ण पौडेल, विष्णु चालिसे, रूद्र गैरे, मिलन लिम्बु, बिपिन गुरूङ्ग, अरूण थापा, जित गिरी, महेश देवकोटा, कृष्ण खनाल, सन्तोषी नाल्बो, दीपककुमार गुरुङ, लाक्पा डोमा शेर्पा लामा, गंगाकुमारी गुरुङ, विशाल गोले तामाङ्, राजेन्द्र गुरुङ, वीर बलाल, सागर सुब्बा, मेख गुरुङ, रचना राई, हरि अर्याल, बिष्णुमाया बस्नेत, रवि घिमिरे र ललित परियार चयन भएका छन् ।
निर्वाचनको लागि सुरेन्द्र नेपाल श्रेष्ठको संयोजकत्वमा नरेश खपाङ्गीमगर र कर्मा पहाडी शेर्पा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । सो समितिले नयाँ कार्यसमिति गठन गरी शपथ ग्रहण समेत गराएको थियो ।
मञ्चका निवर्तमान अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा सम्पन्न भएको अधिवेसनमा नेकपा माओवादी केन्द्रका प्रवास कमिटी अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने बेलायतका लागि नेपालका कार्यबाहक राजदुत रोशन खनालको विशेष उपस्थिती रहेको थियो ।
सो अवसरमा प्रवास कमिटीका सचिव टिबी पाठक, युरोप कमिटीका अध्यक्ष सुरेन्द्र भूसाल, सचिव रण केसी, यूरोप क्षेत्रका निर्वाचन आयुक्त सुरेन्द्र नेपाल श्रेष्ठ, एनआरएनए प्रवक्ता डीबी क्षेत्री, नेपाली समाज युकेका अध्यक्ष चन्द्र गुरुङ, प्रवासी नेपाली मन्च युकेका अध्यक्ष कृष्ण तिवारी, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, युरोपका विभिन्न देशबाट उपस्थित अतिथिहरुले शुभकामना दिएका थिए ।
निवर्तमान सचिव शेरसिंह ठकुरी र तुल छन्त्यालको सञ्चालनमा सम्पनन भएको अधिवेशनको बन्द सत्रमा अध्यक्ष सुरेश गौतमले सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष कपिल श्रेष्ठले आर्थिक प्रतिवेदन र विधान मस्यौदा समितिका संयोजक कान्छाराम बुढाथोकीले विधान मस्यौदा पेश गरेका थिए ।






