काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आफू प्रधानमन्त्री भएको दिनबाटै देशका जनताले डर र त्रासबाट मुक्तिको सास फेरेको बताएका छन् ।
केपी ओलीको तानाशाही सरकार रहँदा जनता डर र त्रासमा रहेका जनताहरु आफू आउँदा देखि नै मुक्तिको सास फेरेको भन्दै अबका दिनमा पनि यसैप्रकारको अवस्था रहने बताए ।
उनले अब पनि यस्तै मुक्तिका दिन कायम राख्नको निम्ती आफूलाई जिताउन आग्रह गरे ।
स्थानीय तहदेखि केन्द्रसम्म सबै सरकारहरु अब काँग्रेसको बनाउने प्रतिबद्धता गर्दै उनले भने, ‘कुनै पनि हालतमा डर त्रासबाट मुक्त शासन ल्याएरै छोडिन्छ, नेपाललाई काँग्रेसको सरकार बनाउँछु बनाउँछु बनाउँछु, बनाएरै छोडिन्छ ।’
उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफुलाई जिताउन आग्रह गरे ।
‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरु ।’ देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने ।






