लन्डन । मिडल्यान्डको नटिङहममा बस्ने नेपालीहरुको संस्था नेपाली समाज नटिङहमको अध्यक्षमा रविन्द्र शर्मा निर्वाचित भएका छन् ।
सोमबार नटिङहमको द क्लब बारमा निवर्तमान कार्यसमितिका अध्यक्ष दीपक सापकोटाको अध्यक्षतामा सम्पन्न सातौं अधिवेशनले निर्वाचन मार्फत अध्यक्षमा शर्मालाई निर्वाचित गरेको हो ।
उनी निवर्तमान महासचिव पदमा रहेर काम गरिरहेका थिए । उनले १ सय २२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी निवर्तमान कार्यसमितिका उपाध्यक्ष राम पन्थीले १ सय २ मत प्राप्त गरे । नयाँ नेतृत्व चयनका लागि समाजका कुल २ सय २४ सदस्यले मतदान गरेका थिए ।
त्यस्तै, समाजको दुई उपाध्यक्षमा मुकुन्दहरि खराल र गंगा ढकाल निर्वाचित बने । उनीहरुले क्रमशः २ सय ४ र १ सय ११९ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी गणेश सापकोटा १ सय १७ मत ल्याएर उपविजेता बने ।
अन्य पदहरुमा सहमतिमै नेतृत्व चयन भको थियो । महासचिवमा लोकनाथ अधिकारी, सचिवमा उपेन्द्र सापकोटा, कोषाध्यक्षमा विरेन्द्र खड्का (रेशम) र सहकोषाध्यक्षमा रविन्द्र गिरीले जिम्मेवारी पाएका छन् ।
यस्तै अनय सदस्यहरुमा आँचल सापकोटा, विशाल प्रसाद, कमल प्रसाद खरेल, विवेक खाती क्षेत्री, विकास सापकोटा, ओम प्रकाश शर्मा, शेषकान्त सापकोटा, केशव इश्वरी कंडेल, रेशम खत्री, अर्जुन सापकोटा र दुर्गा भुषाल चयन भएका छन्।
नयाँ कार्यसमिति चयन गर्न एनआरएनएनए यूके उपाध्यक्ष गोविन्द खरेलको संयोजकत्वमा पूर्व अध्यक्षहरु रण केसी, प्रविन पाण्डे र विष्णु चालिसे सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो । उनले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए ।
सो अवसरमा बोल्दै समाजका पूर्व अध्यक्षहरु रणबहादुर केसी र तारा भण्डारी, पूर्व उपाध्यक्ष कृष्ण खरेल र शम्भु अर्याल, पूर्व संरक्षक लालबहादुर थापा, महिला फाउन्डेसनका तर्फबाट अध्यक्ष कल्पना गुरुङ र कोषाध्यक्ष विष्णु खरेल तथा पूर्व अध्यक्षहरु अर्चना हमाल र गीता भट्टराईलगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
नवनियुक्त अध्यक्ष रविन्द्र शर्माले आफूलाई मतदान गरी संस्थाको नेतृत्व सुम्पिनेसबैलाई धन्यवाद दिदै आगामी यात्रामा साथ दिन आग्रह गरेका थिए ।






