लण्डन । बेलायतमा १ करोड ४० लाख मानिसहरुले बुस्टर डोज अर्थात कोभिड विरुद्धको खोपको तेस्रो मात्रा लगाएका छन् ।
प्रधानमन्त्री बोरिस जोन्सनले शुक्रवार सो जानकारी दिएका हुन् । कोभिडको दुवै मात्रा लगाउँदा पनि शरीरमा प्रतिरोधात्मक क्षमता आवश्यक रुपमा बढ्न नसकेको भन्दै बेलायत सरकारले तेस्रो डोजको व्यवस्था गरेको छ ।
मापदण्ड पुगेका मानिसहरुलाई अनिवार्य रुपमा बुस्टर डोज लगाएर लाभ लिन प्रधानमन्त्रीले आह्वान गरेका छन् ।






