मोटरसाइकल दुर्घटनामा काभ्रेका मिलनको मृत्यु

भक्तपुर- अरनिको राजमार्गअन्तर्गत भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे जिल्लाको रोशी गाउँपालिका–३ स्थायी घर भई काठमाडौंको कलंकीमा बस्दै आएका २२ वर्षीय मिलन तामाङ छन् ।

टिपरलाई ओभरटेक गर्ने क्रममा सडकको डिभाइरसँग ठक्कर खाएर टिपरको पछाडि चक्कामा परेपछि गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा राति २:०६ मा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए । प्रहरीका अनुसार रातिको समयमा सडकको अवस्था नहेरी असावधानीपूर्वक सवारी साधन चलाउँदा दुर्घटना भइ तामाङको मृत्यु भएको हो ।