चलचित्र ‘शत्रु गते’ ह्यारोमा प्रदर्शन हुदै

लण्डन । नेपाली चलचित्र ‘शत्रु गते’ लन्डनको ह्यारोमा प्रदर्शन हुने भएको छ ।

लण्डनस्थित ह्यारो बरो पुटबल क्लबमा शत्रु गते आगामी मे २० तारिख शनिबार देखाइने भएको हो । जसमा पहिलो सो २ बजेबाट सुरु हुने र दोस्रो सो भने सांझ ५ बजे देखि देखाइन लागेको नेप्लिज इन्तटरटेनमेन्ट यूकेका बिरेन खड्काले जनाएका छन् ।

उक्त दिन चलचित्र हेर्न चाहने दर्शकलाई अग्रिम लिंदा १२ पाउण्डको टिकट लाग्नेछ भने शोकै दिन ढोकामा लिंदा १५ पाउण्ड लाग्नेछ ।

यसै बीच चलचित्रको ह्यारो शोको संयोजन उमेशराज मोक्तान, सिद्धार्थ क्षेत्री, सुनिल थापा लगायतले गर्दैछन् । नेप्लिज इन्टरटेनमेन्ट समुहका बिरेन खड्का, अनिल मल्ल, तारा गर्बुजा मगर लगायतका युवाको पहलमा बेलायतमा चलचित्र ल्याइएको हो ।

प्रदिप भट्टराई निर्देशित महजोडीको शत्रु गतेमा महजोडीका अलावा दिपकराज भट्टराई, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आंचल शर्मा, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भुमिका छ ।

नेप्लिज इन्टरटेन्मेन्ट यूकेले बेलायतमा ल्याएको चलचित्र शत्रु गते हेर्न बेलायतका सबैजसो क्षेत्रमा दर्शकको ठूलो भिड देखिएको छ । अप्रिल २९ मा अल्डरसटको प्रिन्सेस हलमा सम्पन्न पहिलो शो हाउसफुल नै बन्यो ।