वालिङ समाज यूकेका अध्यक्ष धनुपुरन थलाकीप्रति बेलायतबासी नेपालीले दिए हार्दिक समवेदना

स्याङ्जा जिल्ला घर भई हाल बेलायतको अल्डरशटमा बस्दै आउनुभएका यस वालिङ समाज यूकेका वर्तमान अध्यक्ष धनुपुरन थकालीको यही मिति २०२१ अक्टोबर ७ गते आफ्नै निवासमा भएको निधनले हाम्रो संस्था परिवारलाई निकै मर्माहत भएको छ ।

एक असल, सवैसंग मिल्ने, हासो ठट्टा गर्ने र समाज सेवामा सर्मपित व्यक्तको रुपमा परिचय बनाउनुभएका, वालिङको खेल क्षेत्रको विकासमा र वालिङमा भई पर्ने दुःखलाई दिलदेखिनै अग्रसर भएर सहयोग गर्ने बानीका कारण धेरै सँग सम्पर्क बढाउनुभएका थकालीलाई गुमाउनुपर्दा हाम्रो संस्था परिवार शोक सन्तप्त भएको छ । दुःखको यस घडीमा दिवंगत आत्माको चिर शान्ति र बैकुण्ठबासको कामना गर्दै शोकमा डुबेको परिवारप्रति धैर्यधारण गर्न सक्ने शक्ति भगवानले प्रदान गरुन भन्दै भावपूर्ण समवेदना व्यक्त गर्दछौं ।

वालिङ समाज यूके परिवार