शिव भण्डारी
लण्डन । नेपाली सांस्कृतिक समाज यूकेले लिभरपूलमा नेपालीहरुको महान पर्व दीपावली धुमधामका साथ मनाएको छ ।
समाजका अध्यक्ष गोपाल अधिकारी, उपाध्यक्ष नेत्र खरेल तथा महासचिव कृष्णा गुरुङले लक्ष्मी भगवानको तस्बीरमा दीप प्रज्वलन गर्दै तिहार कार्यक्रमको आरम्भ गरे ।
नेपालीहरुले तिहार पर्व मान्नुपर्ने मूल मंत्रहरु बारे प्रकाश पार्दै महासचिव कृष्णा गुरुङले देश तथा बिदेशमा छरिएर बसेका सम्पूर्ण नेपालीहरुलाई सम्बोधन गर्दै पन्चकन्याहरुबाट कार्यक्रमको सुरुवात गराएकी थिइन् ।
कार्यक्रमको अध्यक्षता गरेका समाजका अध्यक्ष गोपाल अधिकारीले समाजको मुख्य भूमिका नै नेपाली कला, संस्कृति र सम्बर्धन गर्नु रहेको अवगत गराउदै लण्डन नेपाल न्यूजसँ भने, ‘हाम्रो संस्कृति हाम्रो पहिचान हामी नेपाली सधैंको नेपाली भन्ने तथ्यलाई अझ जोड दिंदै भविष्यका पनि संस्कृति जोगाउने काम गरिरहनेछौं ।’

सो अवसरमा बालिकाहरु सोफिया, प्रतिक्षा, प्रमीषा र मिनाले संयुक्त रुपमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने रेखा ढकाल र सपना परियारहरुको नांचहरुले उपस्थित दर्शकहरुलाई मन्त्र मुग्ध बनाएको थियो ।
सो अवसरमा विद्यार्थीहरु गोरल अधिकारी, प्रतीक शर्मा र व्रिजेश परियारहरुले नेपालीहरुले मनाउने तिहार बारे अंग्रेजी भाषामा नेपाली नबुझ्ने दर्शकका निम्ति एउटा रोचक प्रस्तुती दिएका थिए।
बिदेशमा रहेर पनि नेपाली सांस्कृतिक परम्परा तथा संस्कारलाई निरन्तरता तथा निर्बिरोध राख्ने हेतुका साथ स्थापित गरिएको समाजले नेपालीहरुको एक मात्र महान हिन्दु चाड तिहार पर्व विशेष बनाएको हो । सो अवसरमा उपस्थितहरुले शुभकामना आदान प्रदान गर्दै तिहारको खुशी साटेका थिए ।

समाजले यस पर्वको पावन अवसरमा भगवान लक्ष्मीले सबैको घरदैलोमा वास गरुन भन्ने कामना गरेका थिए ।
अध्यक्ष अधिकारीले यस तिहार पर्वले सबैको घरमा उज्यालो छाओस भन्ने कामना गर्दै कोभिड महामारी नियन्त्रण भई समाज स्वस्थ बन्ने विश्वास व्यक्त गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउबालाई प्रमुख अतिथिको बोलाइएपनि उनी व्यस्तताको कारण उपस्थित हुन् सकेनन् ।
समाजका उपाध्यक्ष नेत्र खरेलको मन्तव्यसँग कार्यक्रमको समापना भएको थियो भने सो अवसरमा विभिन्न परिकारहरुको साथमा नाँचगान गरी नेपालीहरुले हर्ष प्रकट गरेका थिए ।
थप तस्वीरहरु:













