जेलबाट बाहिर आए आर्यन, हतारिँदै पिताको गाडी चढे (भिडियोसहित)

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अन्ततः २७ दिनपछि जेलबाट बाहिर निस्किएका छन् । क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान आर्थर रोडबाट निस्किएका छन् ।

आर्यन खानलाई लिन शाहरुख खानका बडीगार्ड रवि पुगेका थिए जसले आर्यनलाई लिएर जेलबाट बाहिर निस्किसकेका छन् ।

उनी हतार हतार मा आफ्ना बुवा शाहरुख खानको गाडीमा बसेका थिए । लागूऔषध प्रकरणमा उनी मुछिएसँगै अदालतले एक दर्जन बढी शर्तसहित उनलाई रिहा गरेको हो ।