दीप गिरी
लन्डन । भूकम्पले दोश्रो पटक क्षत विक्षत बनाएको वेला मातृभूमि प्रतिको माया र जवाफदेहिता वेलायतवासी नेपालीहरुले पनि उत्तिकै महशुस गरेकाछन् । नेपाल आमा रोइ रहेको देख्दा विदेशमा वसेका जो सुकै नेपालीको मन रोइरहेको देखिन्छ । यस्तो विषम परिस्थितिको सामना गर्न हरेक नेपाली कुनै न कुनै संघ सस्था तथा व्थक्तिगत तवरवाट राहत सामग्रि जुटाउन या पु-याउन तथा आर्थिक सहयोग गर्न वा चन्दा संकलन गर्न लागि परेको देखिन्छ ।
वेलायतको दक्षिण पूर्वि लण्डन, प्लमस्टेड स्थित केही महिना अघि स्थापित नेपाली च्यारिटि संस्था एक्सन फर कम्थुनिटी सपोर्ट (एफ्कोस) युके ले पनि यो महाविपत्तिको घडिमा “सकेको आर्थिक सहयोग गरौं नेपाली मलिन मुहारमा मुस्कान ल्याऔं” भन्दै अपील गरेको थियो । त्यसैगरी प्लमस्टेड लण्डनमा कार्यरत नेपाली महिलाहरुको संगठन नेप्लीज ओमेन डेभलपमेण्ट ग्रुपले पनि सक्रिय रुपमा खटेर नगद संकलन गरेको थियो । उक्त संकलित रकम वेलायतमा वसोवास गर्दै आएका नेपाली नर्सहरुको संस्था नेप्लिज नर्सिंग एसोसियसन युकेलाई उपलब्ध गराउने निर्णय गरेको थियो । नर्सहरुको यो सस्थाले नेपालको भूकम्प प्रभावित क्षेत्रहरुमा घाइते र विरामीह्रुको लागि अहोरात्र खटिरहेको छ ।
हिजो आयोजित एक कार्यक्रममा एक्सन फर कम्थुनिटी सपोर्ट (एफ्कोस) युकेका अध्यक्ष दिनेश पौड्याल र ट्रस्टिहरुले संयुक्त रुपमा रु २ लाख ५० हजार र नेप्लीज ओमेन डेभलपमेण्ट ग्रुपकी अध्यक्ष मती सविता गिरी तथा पदाधिकारीहरुले संयुक्त रुपमा रु १ लाख ७६ हजारको चेक नेप्लिज नर्सिंग एसोसियसन यु।के।की अध्यक्ष मती शुशिला कार्कीलाई हस्तान्तरण गर्नुभयो । पौडयालले चेक हस्तान्तरण गर्दै हाम्रो यो सानो रकम उपचार नपाएका दुर्गम क्षेत्रका घाइतेहरुले उपचार तथा पिडितहरुले राहत पाएमा हामीले पनि देशले मागेको वखतमा आपूहरु प्नि जुटन सकेको महशुस गर्न पाउने छौं भन्नुभयो । वहाले नेप्लिज नर्सिंग एसोसियसन युके ले पु-याएको सेवाको सह्राना पनि गर्नुभयो । एक्सन फर कम्थुनिटी सपोर्ट यु।के।का कोषाध्यक्ष तथा कोष संयोजक दीप गिरीले सम्पूर्ण चन्दा दाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । वहाँले अठाह्र दिनपछि अर्को ठूलो भूकम्पको पिंडा व्यहोर्नु परेको र पूनरनिर्माणमा समेत जुट्नु पर्ने आवश्यक्ता भएकोले मनकारी चन्दा दाताहरु समक्ष फेरी हामीहरु आएमा स्थानियवासी वेलायती एवं नेपालीहरुले मुठ्ठी खोलेर सहयोग गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो ।

वेलायतमा वसोवास गरिरहेका नेपालीहरुको समूह सेल्फ हेल्पले पनि नेप्लिज नर्सिंग एसोसियसन यूके मार्फत यस्तो दुःखको घडिमा नेपाली हुनुको कर्तब्य वोध गरी भूकम्प प्रभावित घाईते तथा विरामीलाई रु २ लाख ३२ हजारको आर्थिक सहयोग गर्न पाउँदा आनन्द लागेको कुरा सो समूहका अध्यक्ष शुशिल गौतमले वताउनु भयो । “फिड हवाइल यु इट” भन्ने नाराका साथ भोलन्टियर गर्न र च्यारिटी वक्स राख्न सहयोग गर्नु हुने माया दिदिज रेस्टुराँलाई र स्वस्फूर्त चन्दा सहयोग गर्ने स्थानिय ग्रिन पार्टीका कार्यकर्ता तथा अन्य चन्दादाताहरुलाई समूहका कोषाध्यक्ष उमेशचन्द्र गौतमले ब्यक्तिगत र समूहका तर्फवाट धन्यवाद व्यक्त गर्नु भयो ।
प्राप्त चेकहरु वुझदै नेप्लिज नर्सिंग एसोसियसन युकेकी अध्यक्ष मती कार्कीले आफ्रनाे संस्थालाई विश्वास गरी संकलित चन्दा रकम उपलब्ध गराएकोमा सवै स्थानिय संस्थाहरुप्रति हार्दिक आभार ब्यक्त गर्नुभयो । वहाँले सम्पूर्ण रकम दुर्गम जिल्लाका विमारी तथा घाइतेहरुको लागि पठाइने जानकारी गराउनु भयो ।
उक्त कार्यक्रम एफ्कोसका सचिव विमल अधिकारी, ट्रस्टि विष्णु न्यौपाने, नेप्लिज नर्सिंग एसोसियसन यू।के। का सचिव विनोदविकास सिंखडा तथा अन्य सदस्यहरु, नेप्लीज ओमेन डेभलपमेण्ट ग्रुपको तर्फबाट उपाध्यक्ष महिमा शाह, सचिव जमुना न्यौपाने, कोषाध्यक्ष सविता पोखरेल, पासा पूचःका शुशिल प्रजापती, माधव श्रेष्ठ, आई टिभिका डकुमेण्ट्री निर्माता फ्रान्सेस, पत्रकार र स्थानिय वुद्धीजिविहरुको उपस्थिति रहेको थियो ।







