काठमाडौं, ८ जेठ । पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले पदबाट राजीनमा दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको दवावमा उनले अचानक पदबाट राजीनमा दिएका हुन् । हिजो बिहीबार साँझ उनले प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका हुन् । एमाले बरिष्ठ नेता झलनाथ खनालका निकटस्थ उनी खनालकै सिफारिसमा एमालेबाट मन्त्री भएका थिए । मन्त्री भएदेखि नै राम्रो काम गर्न नसकेको भन्दै पार्टीभित्र उनको निरन्तर आलोचना भइरहेको थियो ।
खनाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका अमात्य केही समयअघि पार्टी नेतृत्वलाई जानकारी नगराई अमेरिका उडेपछि उनीसँग अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु नै असन्तुष्ट थिए । पार्टीको नीति अनुसार नचलेको भन्दै अध्यक्ष ओली र नेता खनालबीच केही समयअघि भनाभन समेत भएको थियो । मन्त्री अमात्यलाई फिर्ता नबोलाएको उपाध्यक्ष विद्या भण्डारीसहित ओली समुहका नेताहरु असन्तुष्ट थिए । मन्त्री आमात्य चीन भ्रमणमा समेत कसैसँग सल्लाह नगरि गएको भन्दै आलोचना भएको थियो । एमालेकै अर्का नेता भीम आचार्यलाई हटाएर अमात्यलाई पर्यटनमन्त्री बनाइएको थियो ।
ओलीको दवावमा पर्यटनमन्त्रीको राजीनामा






