दुई साता अघि गएको भूकम्प (७.८ रेक्टर) ले नेपालकोधन, जन र धरोहरको मात्रै क्षतिगराएको छैन । ०९० सालपछि आएको ठूलो भूकम्पले जनमानसमाठूलो त्रास पैदा गरेको छ । घरतथा धरोहरमात्रै भत्किएका छैनन्, सँगै भत्किएका छन् मानिसका मनहरुपनि । सबैभन्दाभन्दा महत्वपूर्ण यो घटनाले मानिसमा निराशा पैदा गराएको छ । भुकम्पका कारण सरकारदेखि सर्वसाधारणसम्मका धेरै योजना र सपनाको जग भत्किएको छ । शक्तिशाली भूकम्पपछि र यस्तै खाले जिज्ञासाहरु मानिसको दिमाग र मनमा घुमिरहेका छन्, घोत्लिरहेका छन् ।
यो भुकम्पले नेपाली सिने नगरि पनि उत्तिकै विक्षिप्त बनेको छ । क्षयतीग्रस्त बनेको छ ।सम्भवतःयो क्षतिले बामे सर्दै गरेको नेपाली चलचित्रक्षेत्रलाई फेरी यहि स्थानमापुग्नकेहि समय लाग्ने अनुमान गर्न सकिन्छ । हलसम्मपुगेर टिकट काट्न दर्शकमा त्रास पैदा हुंदा सञ्चालनमा ल्याइएका फिल्महलहरुमा शून्यता छाएको छ । भूकम्पआएको दुई साता बितिसक्दापनि फिल्मको छायाँकन र पोस्ट प्रोडक्सनको कार्य सुरु हुन सकेको छैन । प्रदर्शन मिति घोषणा गरेर प्रचार प्रसार समेत सुरु गरिएको फिल्महरुले धमाधम फिल्मको प्रदर्शन मितिस्थगन गरेर ‘अबकसरी अगाडी बढ्ने ?’ भनेर दोमन बनाएर बसेका छन् । नेपाली फिल्म क्षेत्रलाई पहिलाकै सामान्यअवस्थामा फर्काउन के गर्नुपर्ला ? नायिका, निर्माताएवं निर्देशक रेखाथापाले यस्तो सल्लाहदिएकी छन् ।
यो अकल्पनीय प्रकोपबाट धेरै नेपालीको ज्यानगएको छ । धेरै धरोहरहरु ढलेका छन् धनको पनिक्षतिभएको छ । यसबाट नेपालीफिल्म क्षेत्रसँग आवद्ध व्यक्तिहरु पनि अछुतो छैनन् । केहीफिल्मकर्मीले ज्यानगुमाएका छन्, कोही घाईते भएका छन् भने धेरैको बस्ने बास ढलेको छ । यसले सम्पूर्ण नेपालीफिल्म क्षेत्रलाई दुःखितबनाएको छ । तर, हामी सबै मिलेर शोकलाई शक्तिमा बदल्न आवश्यक छ । यसको लागि सबैभन्दापहिला सम्पूर्ण फिल्मकर्मीले आआफ्नो कार्यलाई विस्तारै सुचारु गर्नुपर्छ । म पनि मैंले निर्माण गर्ने भनी घोषणा गरेको फिल्म ‘रामप्यारी’ लाई रोक्दिनं, तोकिएको मितिभन्दा केहीदिन ढिला होला तर म आफ्नो फिल्मको काम सुरु गर्छु । यो कार्य मेरा लागिभन्दापनि मेरो फिल्ममा आवद्ध हुने प्राविधिक सदस्य जो यही क्षेत्रलाई कर्मथलो मान्छन्, उनीहरुका लागिआवश्यक छ । यहाँ कलाकार मात्रै बाँचेर हुँदैन, कलाकारसँगै प्राविधिक पनि बाँच्न आवश्यक छ ।
देश शोकमा छ, हाम्रो क्षेत्र मनोरञ्जनको छ । शोकमा हामी सुस्ताएर बस्नु कत्तिको उचितहोला ? मलाई लाग्छ बिशंम परिस्थतिलाई जितेर अगाडी बढ्नु नै हाम्रो बुद्धिमानी हुनेछ । धेरै चलचित्रकर्मीको दिमागलाईयो डरलाग्दो प्राकृतिकप्रकोपले बिचलतिबनाएको हुन सक्छ । तर, पिडालाई भुलेर त्रासलाई लुकाएर सामान्य जीवनमा फर्कनुको कुनै विकल्प छैन । बाँच्ने रहर सबैलाई हुन्छ । त्यसैले बाँच्नका लागि कर्म गर्न आवश्यक छ । झन यो विपदीमा आफ्नो कामलथालिङ्ग पार्नु राम्रो होइन् । यो प्राकृतिकप्रकोप हो यसलाई कसैले रोकेर रोकिन्न र प्राकृतिकप्रकोप कुनै संकेत दिएर आउँदैन पनि । भूकम्पियदृष्टिबाट नेपालखतराजन्य छ । प्राकृतिकप्रकोपलाई रोक्न त सकिदैन तर यसबाट हुने क्षतिलाई कम गर्न भने सक्छौं । तर त्यसको लागि हामी पुर्व योजनावद्ध तरिकाले अगाडी बढ्न आवश्यक छ ।
रेखा थापा










