८८ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता, यी हुन् थपिएका मन्त्रीहरु [सूचीसहित]

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएको ८८ दिनपछि शेर बहादुर देउवाले सरकारलाई पूर्णता दिएका छन् ।

लामो रस्साकस्सी र विवादका बाबजुद मन्त्रालयको भागवण्डा सकिएपछि शुक्रवार उनले मन्त्रीहरु थपेका हुन् । नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको छ भने शीतल निवासले शपथको समय जानकारी दिने छ । ती मन्त्रीहरुले आजै शपथ लिनेछन् ।

देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । उनी प्रधानन्यायधिश चोलेन्द्र शमसेर राणाको कोटाबाट मन्त्री भएको समाचारहरु सार्वजनिक भइरहेका छन् । काँग्रेसको नेता समेत रहेका उनी राणाका जेठान हुन् । उनी पुराना कांग्रेस नेता हुन् । तर हाल उनी सक्रिय राजनीतिमा छैनन् ।

दलहरूले हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको बताए पनि कानुनमन्त्री कार्कीले भने संसद्मा उभिएर गैरसांसदलाई मन्त्री बनाउन नलागिएको र न्यायालयलाई कोटा दिने कुरा कल्पना पनि गर्न नसकिने बताइसकेका छन् ।

स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् ।

यी हुन् मन्त्री हुनेहरू 

शेरबहादुर देउवा,    प्रधानमन्त्री

बालकृष्ण खाँण, मन्त्री    गृह

ज्ञानेन्द्रबहादुर कार्की, मन्त्री    सञ्चार तथा सूचना प्रविधि

पम्फा भुसाल,    मन्त्री    ऊर्जा, जलस्रोत तथा सिंचाइ

राजेन्द्रप्रसाद श्रेष्ठ,     मन्त्री     संघीय मामिला तथा सामान्य प्रशासन

विरोध खतिवडा,    मन्त्री    स्वास्थ्य तथा जनसंख्या

जनार्दन शर्मा,    मन्त्री    अर्थ

मीनेन्द्रप्रसाद रिजाल,     मन्त्री     रक्षा

उमाकान्त चौधरी,    मन्त्री     खानेपानी

नारायण खड्का,    मन्त्री     परराष्ट्र

रेनुकुमारी यादव,    मन्त्री     भौतिक पूर्वाधार तथा यातायात

प्रेमबहादुर आले,    मन्त्री     संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

दिलेन्द्रप्रसाद बडू,    मन्त्री     कानुन, न्याय तथा संसदीय मामिला

देवेन्द्र पौडेल,    मन्त्री     शिक्षा, विज्ञान तथा प्रविधि

महिन्द्र राय यादव,    मन्त्री     कृषि तथा पशुपन्छी विकास

उमा रेग्मी,    मन्त्री     महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

शशी श्रेष्ठ,    मन्त्री     भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

रामकुमारी झाँक्री,    मन्त्री    सहरी विकास

गजेन्द्रबहादुर हमाल,     मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

रामसहाय प्रसाद यादव,    मन्त्री     वन तथा वातावरण

कृष्णकुमार श्रेष्ठ,    मन्त्री     श्रम, रोजगार तथा सामाजिक सुरक्षा

महेश्वरजंग गहतराज,    मन्त्री    युवा तथा खेलकुद

उमेश श्रेष्ठ,    राज्यमन्त्री     प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

भवानीप्रसाद खापुङ,     राज्यमन्त्री     स्वास्थ्य तथा जनसंख्या

बोधमायाकुमारी यादव,    राज्यमन्त्री     शिक्षा, विज्ञान तथा प्रवि