स्याङ्जा- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आशन्न १३औँ महाधिवेशनमा सभापति पदमा पुनःचुनाव लड्ने सङ्केत गर्नुभएको छ ।
नेपाली कांग्रेस स्याङ्जाद्वारा ४०औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै सभापति कोइरालाले भन्नुभयो– “म शारीरिक रुपमा कमजोर छैन । जिब्रोको क्यान्सर पनि अहिले ठीक भएको छ । म पूर्ण स्वस्थ्य छु ।”
प्रधानमन्त्री र पार्टी सभापति एकै समयमा हुनुपरेकाले सोचेजस्तो पार्टीको काम र सङ्गठन गर्न नसकेको स्वीकार गर्दे उहाँले भन्नुभयो– “अब पार्टी सङ्गठित रुपमा एक ढिक्का बनाएर लैजानेछु ।”
साठी÷४० को भागबन्डाका कारण एउटै पार्टी दुई धारमा विभाजित हुँदा देशभरका लाखौं कार्यकर्तामा नकारात्मक सन्देश गएकाले १३औँ महाधिवेशनले सबैलाई सङ्गठित गर्ने एकताको महाधिवेशन हुने उहाँको धारणा थियो ।






