तमु धीं लन्डन इकाईले तमु धीं को सिल्भर जुब्ली एवं ल्होछार भब्य बनाउन चाल्यॊ कडा कदम

लन्डन । तमु धीं यूकेको सिल्भर जुब्ली एवं ल्होछार कार्यक्रम सफल बनाउन तमु धीं लन्डन इकाई एकबद्ध रूपमा सहयोगको लागि तयार भएको छ । तमु धीं लन्डन इकाईको १७‍‍‍ औँ साधारणसभा सम्पन्न भएको छ ।

८ डिसेम्बरमा दिन गोल्डेन सिप रेस्टुरेन्टमा कार्यक्रम भएको हो । इकाईका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभाको प्रारम्भमा लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष ईश्वर गुरुङले स्वागत मन्तव्य राखेका थिए । महासचिव रक गुरुङले कार्यक्रम सञ्चालनसँगै स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारी गराएका थिए ।

सभाध्यक्ष, प्रमुख अतिथि, बार्नेट बरो अफ लन्डनका काउन्सिलर लक्ष्य बहादुर गुरुङ, आमा अध्यक्ष देवकला गुरुङ, पूर्वअध्यक्ष एवं ट्रस्टी डेबिड गुरुङले संयुक्त रूपमा दिप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरे ।

462640260_887669413509593_7927348608481503962_n-1733712868.jpg
त्यसपछि अतिथि तथा वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । ट्रस्टी रि. क्या. प्रेम बहादुर गुरुङ, ट्रस्टी डेबिड गुरुङ, धनकाजी गुरुङ, हुम कुमारी गरुङ, निवर्तमान अध्यक्ष विष्णु गुरुङ, प्रमुख सल्लाहकार लक्ष्य बहादुर गुरुङ, सल्लाहकारद्वय सोंपाल समाज यूकेका संस्थापक अध्यक्ष विजय गुरुङ र वर्तमान अध्यक्ष जगदीश गुरुङले मन्तव्य राखेका थिए ।

462653454_552144367594894_2752620363816216776_n-1733712950.jpg
सभामा महासचिवको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रेमराज गुरुङको आर्थिक प्रतिवेदन, आमा समूहको वार्षिक प्रतिवेदन, आमा समूहको वार्षिक आर्थिक प्रतिवेदन सभाहलमा उपस्थित सबैको गुञ्जायमान ताली र समर्थनको साथ अनुमोदन गरियो।

सो अवसरमा प्रमुख अतिथि एवं तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले तमु धीं लन्डन इकाईको वेबसाइट पनि शुभारम्भ गरे । सभाहलमा उपस्थित अग्रज तथा मान्यजनले महत्पूर्ण सान्दर्भिक सल्लाह सुझाव दिएका थिए ।

462648654_1300845284412130_4715647118328115695_n-1733713011.jpg
प्रमुख अतिथि एवं तमु धीं यूकेका अध्यक्षले तमु धीं लन्डन इकाईको संगठन एकबद्धता र हरेक कार्यक्रम सफल भएको र भावी दिनमा अझै धेरै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । ‘तमु धीं यूकेको अभिन्न अगंका रूपमा लन्डन इकाई कोसेढुगं साबित हुनुभई मेरो कार्यकालमा अझै धेरै सहयोग गर्नु भएकोमा आभार प्रकट गर्दै,लन्डन इकाईको लागि सहयोग गर्न तमुधीं यूके हर हमेशा तत्पर छु,’ उनले भने ।

462582435_1116049766598062_880738505514311393_n-1733713067.jpg
यही २८ डिसेम्बरमा तमु धीं यूकेको २५औँ जन्म उत्सवको अवसरमा केन्द्र र तमु धीं लन्डन इकाईले एकै ठाउँमा ल्होछार मनाउने निर्णय एकताको उदाहरणीय निर्णय रहेको अध्यक्ष गुरुङको भनाइ थियो । साथै उनले ल्होछार कार्यक्रममा उपस्थितिको लागि  आमन्त्रण गर्दै साथ सहयोगको अपेक्षासमेत गरे ।

सभाअध्यक्षले सभामा उठेका जिज्ञासा एवं सुझावको जवाफसहित उपस्थित सबैलाई धन्यवाद दिए । यस्तै, उनले २९ मार्च २०२५ मा तमु धीं लन्डन इकाईले कल्याणकारी रात्रीभोजको आयोजना गर्ने जानकारी दिँदै सहयोगका लागि अपिलसमेत गरे ।

462649324_1633796154236335_8614042621849986679_n-1733713111.jpg
तमु धीं लन्डन इकाईको नेतृत्व तथा संयोजकत्वमा गरिएको कार्यक्रम जस्तै नेपाली मेलामा कार पर्किङ संयोजक, आमा समूहले आयोजना गर्ने परम्परागत तीज कार्यक्रम संयोजक, इकाईको देउसिभैलो कार्यक्रम सफल बनाइदिने, सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको संयोजक गर्ने सांस्कृतिक सचिव, वेबसाइट डिजाइनमा सहयोग गर्ने सबैलाई धन्यवादको साथ खादाले सम्मान गरेका थिए ।

462650151_8731569836892803_1240553546177166693_n-1733713238.jpg
आउँदो सप्ह्री ल्हो आगमनसॅंगै तमु धीं यूकेको सिल्भर जुब्ली एवं ल्होछार कार्यक्रम सफल बनाउन तमु धीं लन्डन इकाई एकबद्ध रूपमा सहयोगको लागि तयार रहेको उनले जानकारी गराए ।