लन्डन ।बेलायतकै पहिलो नेपाली मुलका काउन्सिलर एबम गायक तथा गीतकार धन किरण गुरुङले “किन हो किन” बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । बेलायतबाट लामो समयदेखि सांगीतिक क्षेत्रमा संलग्न रहेका उनले आफ्नी श्रीमती अल्का गुरुङको नामबाट उक्त गीत डिजी प्रोडक्सन हाउसमार्फत बजारमा ल्याएका हुन् ।
म्यूजिक भिडियोमार्फत् गायक तथा संगीतकार गुरुङले आफ्नै छोरा आशिक गुरुङलाई ‘डेब्यू’ समेत गराएका छन् । आफ्नै बाबुको म्यूजिक भिडियोमार्फत् अभिनयमा डेब्यू गरेका आशिक आफै पनि म्यूजिक कम्पोजर हुन् । बेलायतबाटै ग्राफिक डिजाइनिङ इन्जिनियरको अध्ययन पूरा गरेका उनले म्यूजिक टेक्नोलोजी र फोटोग्राफीमा पनि डिप्लोमा गरेका छन् । बाबुसँगै मिलेर डिजी प्रोडक्सन चलाइरहेका आशिकले प्रोडक्सन स्पेसलिस्टका रुपमा म्यूजिक कम्पोजिङ, रेकर्डिङ, मिक्सिङ लगायतका कार्यमा दख्खल राख्छन् ।
प्रभु गुरुङको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा आशिक गुरुङ र सुब्रिना लिम्बुले अभिनय गरेका छन । उनै धन किरण गुरुङ र दिपा लामा राइले स्वरबद्ध गरेको सो गीतमा सुरथ प्रधानले एरेन्ज तथा सुमन खड्काले मिक्सिङ तथा मास्टरिङ्ग गरेका छन् ।
गीतको रेकर्डिस्ट कलाकार आशिक गुरुङ र सुरथ प्रधान हुन्भने पुष्पा गुरुङले गीतको मेकअप अर्टिस्टको काम गरेकी छन् । डिजी प्रडोक्सन यूके र सुर संगम स्टेडियो नेपालमा रेकर्ड गरिएको सो गीतको भिडियो बेलायतको केन्ट, डोभर क्यासल, त्यस वरपरको रमणिय स्थानहरुमा छायांकन गरिएको छ ।
उक्त गीत शनिवार एक कार्यक्रमका वीच एनआरएनए यूकेको अध्यक्ष प्रेम गाहा मगर, तमु समाज केन्टको अध्यक्ष राजदेबी गुरुङ र पूर्व अध्यक्ष शोभराज घोताने गुरुङ लगायतको उपस्थितीमा विमोचन गरिएको छ । सो अवसरमा तमु धिं यूके पूर्व अध्यक्ष ज्ञाम गुरुङ, धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्ष गोलमान गुरुङ, कान्सिलर पिटर लगायत बेलायतमा सक्रिय रहेका नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेका थिए ।
केन्टमा गोरखा मेमोरियल स्ट्याचु स्थापना गर्न मूख्य भूमिका खेलेका काउन्सिलर तथा कलाकार धन किरण गुरुङले कला संस्कृतिको संरक्षणमा लामो समयदेखि महत्व दिदै आएका छन् ।
लण्डन नेपाल न्यूजसँग बोल्दै गुरुङले बेलायतबाट सांगीतिक कोशेली पस्कने क्रममा यी गीतले नयाँ आयाम थप्ने विश्वास लिएको बताए।
हेर्नुहोस् भिडियो






