शुक्रवारबाट देशभर रिलिज भएको चलचित्र ‘तारेभीर’ले सन्तोषजनक ब्यापार गरको छ । प्रहरीको कथामा बनेको चलचित्रले मोफसलमा “उत्साहजनक” ब्यापार गरेको छ भने काठमाडौँ ६० प्रतिशत अकुपेन्सि ओगटेको छ ।
चलचित्रमा रेखा फागो, नविन कार्की, विष्णु चेम्जोङ लगायतको मुख्य भूमिका छ । डि.के देवानको लगानी रहेको फिल्मको निर्देशन प्रेम सुब्बाले गरेका छन् । चलचित्रमा महिला प्रहरीलाई झनै सशक्त रुपमा प्रस्तुत गरिएको छ । चलचित्रका निर्माता डि.के. देवानले चलचित्रले देशभर उत्साहजनक ब्यापार गरिरहेको जानकारी दिए ।
यस्तै चलचित्र ‘तारेभीर’को टिम शनिवार गोपिकृष्ण हलमा जाँदैछ । हलमा पुगेर दर्शकहरुको प्रतिक्रिया बुझ्ने कार्यक्रम छ । दर्शकहरुले चलचित्रलाई निकै मनपराएका छन् । दर्शकहरुको माया पाएर फिल्मले अझै उत्साहजनक ब्यापार गर्नेमा चलचित्र निर्माण टिम ढुक्क छ। ‘तारेभीर’ के हो ? भन्ने कुरा बुझ्न हलसम्म पुग्नैपर्ने हुन्छ ।






