काठमाडौँ । नेपालमा कोरोनाभाइरस अर्थात कोभिड १९ का सक्रिय संक्रमितको संख्या घट्दै गइरहेको छ । सरकारले परिक्षणमा कमी गर्दे जान थालेसँगै दैनिक रुपमा थपिने संक्रमितको संख्या भन्दा निको हुनेको संख्या तीन गुणा सम्म बढी हुने गरेको छ ।
मंगलबार थपिएका संक्रमित भन्दा निको हुनेको संख्या एक हजारले बढी रहेको छ । मंगलबार नेपालमा कोरोनाभाइरसका १७९० जना नया संक्रमितहरु थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । त्यसैगरी नेपालमा मंगलबार २७९१ जना कोरोना भुक्त भएका छन् । हालसम्म २ लाख ४ हजार ८५८ जनाले कोरोना जितिसकेका छन् ।
त्यस्तै गत २४ घण्टामा २४ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३६१ पुगेको छ । हाल देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय २७ जना क्वारेन्टिनमा छन्।






