आर.के,
लण्डन।नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा अल राउनडर खेलाडी पारस खड्का ‘आइसिसी ‘’एसोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन्।
खड्का सहित स्कटल्यान्डका बाट ३ जना,पपुवा न्यू गिनीका बाट एक र नेदरल्यान्ड्सका एक जना गरि आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको ६ जनाको अन्तिम सूचीको मनोनयनमा परेका छन् ।
नेपाली क्रिकेटका टिमका सफल कप्तान खड्काले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपको नेपालको नेतृत्व गरेका थिए।
२२ वर्षको उमेरमा कप्तानीको जिम्मेवारी पाएका पारसले सन् २००९ मा नेपाली टोलीको कप्तानी सम्हाली अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको स्थान उच्च पारेका छन्। उनको नेतृत्वमा नेपालले डिभिजन–५ देखि एकदिवसीय र टी–२० टिमको मान्यता हात पार्न सफल भयो।
नेपाली क्रिकेटमा ईतिहासकै सर्वाधिक सफल कप्तान पारसले नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेले।
पारसले अन्तर्राष्ट्रिय एकदिवसीय र टी–२० मा एक- एक शतकको राष्ट्रिय रेकर्ड बनाएका छन् भने बलिङ्ग मा एकदिवसीय र टी–२० मा क्रमश ९ र ८ विकेट समेत लिएका छन्।
भोटिङ मार्फत हुने उत्कृष्ट खेलाडीको घोषणा भने डिसम्बेर १८ तारिखमा हुनेछ ।






