अर्थमन्त्री पौडेललाई बुटवलमा काँग्रेसले देखायो कालोझण्डा

बुटवल – नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई गृह जिल्ला रुपन्देहीमा कांग्रेस कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।

नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीले मंगलबार बुटवल गएका अर्थमन्त्री पौडेललाई कालोझण्डा देखाउँदै विरोध गरेका हुन् । उनी माथि काँग्रेस कार्यकताले प्रदेशको राजधानी दाङसँग आफ्नो मन्त्री पद साटासाट गरेको आरोप लगाएका छन् ।

मन्त्री पौडेल बुटवलबाट सैनामैनामा आयोजित एक कार्यक्रममा सहभागी हुन जान लागेका थिए । कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै पौडेलविरुद्ध नाराबाजी समेत गरे । तर त्यस्तो कुनै अप्रिय घटना भने हुन पाएन ।

२ दिनसम्म रुपन्देहीमा रहने पौडेल रुपन्देहीका विविध कार्यक्रममा सहभागी हुदैछन् ।