सिड्नी । अष्ट्रेलियामा रहेर नेपाली कला संस्कृति बचाउने उद्देश्यसहिय निरन्तर कार्यक्रमहरू गर्दै आइरहेका सन्तोष अधिकारीले नयाँ देशभक्ति गीत बजारमा ल्याएका छन् । हाल नेपालमा रहेका उनले त्यतैबाट म नेपाल हुँ बोलको राष्ट्रिय गीत बजारमा ल्याएका हुन् ।
नेपाल र नेपालीत्व जगाउने देशप्रेमी गीत तथा भिडियो एएसएपी इन्टरटेनमेन्टको अफिसियल यृुट्युबमार्फत सेप्टेम्बर १९ मा सार्वजनिक गरिएको हो ।
अजय कुमार अधिकारीको शब्द रहेको सो गीतमा बादल थापा मगर र सुविन चौधरीले स्वर तथा संगीत दिएका छन् । शब्दमा सुरेश अधिकारी र अजय कुमार अधिकारीले पनि सहयोग गरेका थिए ।

भिडियोमा सन्तोष अधिकारी, जस्मिन म्यूजेट, कन्चन भुजेलको अभियन रहेको छ भने अतल मगरले पेन्टिङ गरेका छन् । एमयूए सुरेन्द्र ठकुरी, ड्रेस डिजाइन अमितेश कर्णले गरेको उक्त भिडियोको प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी हुन् ।
उत्तम हुमागाईँले छायांकन गरेको भिडियोको अवधारणा सन्तोष अधिकारीले दिए । एएसएपी इन्टरटेनमेन्टले उत्पादन गरेको भिडियोको निर्देशन निशान कश्यपले गरेका हुन् ।
भिडियो:






