अमेरिका आउने आप्रवासीहरुको अत्यन्त कडा अनुसन्धान गरः डोनल्ड ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका आउने आप्रवासीको अत्यन्त कडा अनुसन्धान गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।

अमेरिकी रक्षा विभाग पेन्टागनमा जनरल जेम्स म्याटिसलाई रक्षामन्त्री बनाइएपछि को शपथ ग्रहणपश्चात् राष्ट्रपति ट्रम्पले यसको घोषणा गरेका हुन् ।

उनले भने, ‘म कट्टर इस्लामी आतंककारीहरुलाई अमेरिकाबाट टाढा राख्नका लागि नयाँ उपाय ल्याउँदैछु । हामी ती मानिसहरुलाई मात्र आफ्नो देशमा आउन दिन्छौं जो हाम्रो देशलाई सहयोग गर्नेछ र हाम्रो जनतालाई प्रेम गर्नेछन् ।’

यद्यपी, उनले यो स्पष्ट गरेका छैनन् कि यो अत्यन्त कडा जाँचमा के हुनेछ ।

तर शुक्रबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा शरणार्थी बन्नका लागि दिइएको आवेदनमा विचार गर्नेबेला रिरियाली मानिसको तुलनामा इसाई मानिसहरुलाई प्राथमिकता दिइने उनले बताएका थिए ।

पछिल्लो वर्ष ओबामा प्रसाशनले १० हजार सिरियाली शरणार्थीलाई अमेरिका प्रवेश गर्ने अनुमती दिएका थिए ।

यद्यपी, अमेरिकाको छिमेकी मुलुक क्यानडाले ३५ हजार सिरियाली शरणार्थीलाई प्रवेश गराएको थियो जसको जनसंख्या अमेरिकाभन्दा नौ गुणा कम छ र

मुसलमानको प्रवेशमा रोकः

ट्रम्पले अन्य ६ मुश्लिम देशका मानिसहरुलाई पनि अमेरिकामा प्रवेशको लागि रोक लगाउने संकल्प गरेका छन् ।