पार्टी एकता विवाद समाधान गर्ने प्रयास

काठमाडौं– एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको छ ।

बैठकमा वैशाख ९ गते सकेसम्म एकताको तयारीमा रहेका दुई दलबीच कार्यदलहरुबाट प्राप्त प्रतिवेदनमाथि बैठकमा छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानारी दिए ।

समितिमा रहेकामध्ये एमालेका वरिष्ठ नेता झलनाथ खनालबाहेक दुवै दलका शीर्ष नेता बैठकमा सहभागी थिए ।