काठमाण्डौ ।
नेपालमा कोरोना भाइरस संक्रमणको नया रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकोे जानकारी अनुसार गत २४ घण्टामा ३३४ महिला र ७७७ पुरुष गरी १ हजार १ सय एघार जना संक्रमित भेटिएका छन् । यो भनेको २४ घण्टामा हालसम्मकै धेरै संक्रमित संख्या हो । यो संगै नेपालमा कोरोना संक्रमित हुनेहरुकोे संख्या ३५ हजार ५२९ पुगेको छ ।
त्यस्तै काठमाण्डौ उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रायलका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाण्डौ जिल्लामा विहिबार २७० जना संक्रमित थपिएका छन् । ललितपुरमा ६६ जना तथा भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन् । यो संख्या काठमाण्डौमा हालसम्मकै धेरै संक्रमित हुन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।
यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् । यसैगरी गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।






