सिड्नी । औस्पाली (जब्स एन्ड इन्टरटेनमेन्ट) ले यसपटकको विजयादशीको अवसरमा ‘औस्पाली दसै चिठ्ठा’ सञ्चालन गर्ने भएको छ ।
नेपालीहरुको महान पर्व दशैंलाई रोचक बनाउने उद्धेश्यसहित आकर्षक पुरस्कारको साथमा दशैं चिठ्ठा आयोजना गरिएको अस्पालिका संस्थापक सबिन जङले जानकारी दिए ।
उक्त चिठ्ठाको प्रमुख प्रयोजक युनिभर्सल थट् कन्सल्टेन्सी सिडनी रहेको छ । लकी ड्र जित्नलेलाई १२८ जिबीसहितको आईफोन १३ प्रो म्याक्स र एउटा खसी जित्ने मौका रहेको उनले बताए ।
साथै लकी ड्र मार्फत सानै उमेरमा रक्त क्यान्सरबाट पिडीत झापाका क्षितिज सम्सोहाङ्ग लिम्बुको जीवन रक्षा गर्ने मौका समेत रहेको छ । क्यान्सर अस्पताल भरतपुरमा उपचाररत रहेका बालकलाई उक्त चिठ्ठा मार्फत रकम संकलन गरी उपचारमा सहयोग गरिने सबिनले जानकारी दिएका छन् ।
दशैं पर्व पनि मनाइने, रोचक र मनोरञ्जन पनि हुने साथै कसैको जीवन बचाउने अभियानमा सहयोग पनि पुग्ने ध्येयले यसप्रकारको कार्यक्रम आयोजना गरिएको अस्पालीले जनाएको छ । कार्यक्रमबाट हुने नाफाको सम्पूर्ण रकम लिम्बुको परिवारलाई दिइने छ ।
उक्त कार्यक्रमलाई युनिभर्सल थट् कन्सल्टेन्सी सिडनीसहित, सेन्चुरी क्लिनिङ्ग, पेरु रेमिट, एभरेष्ट बुचरी र बर्षास क्लोसेटले प्रायोजकको रुपमा सहयोग गरेका छन् । सेप्टेम्बर २० मा कार्यक्रमको बारेमा थप जानकारी सहित बैंक डिटेल्स जानकारी गराइने भएको छ । साथै अन्य विवरण लिन ०४०४३४८५२६ मा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।
चिठ्ठाका नियमहरु निम्नानुसार रहेका छन् ।
- प्रत्येक चिठ्ठाको मूल्य ५ डलर रहनेछ, प्रतिव्यक्ति ७ चिठ्ठासम्म मात्र खरिद गर्न सक्नेछन्,
- ईमेलको माध्यमबाट चिठा प्रदान गरिनेछ भने आवश्यक परेमा प्रमाणिकरणको लागी परिचयपत्रसमेत माग्न सकिनेछ,
- चिठ्ठामा दुई नम्बर हुनेछन्, जहाँ एउटा नम्बर प्रतियोगी पक्ष र अर्को नम्बरआयोजक पक्षसँग रहनेछ । अन्तिम दिनमा भने सबै नम्बरहरु मिलाउनु पर्ने हुन्छ ।
- चिठ्ठा किन्ने समयावधि २१ सेप्टेम्बर २०२१ देखि १० अक्टोबर २०२१ सम्म मात्र रहनेछ । यस्तै ११ अक्टोबरमा लाइभमा लक्की चिठ्ठामार्फत भाग्यशाली प्रतियोगी छनौट गरिनेछ ।
- अस्ट्रेलियामा बसोबास गर्नेहरुले मात्रै कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
- प्रतियोगी अनिवार्य रुपमा फेसबुक ग्रुप ‘औस्पाली – जब्स एण्ड इण्टरटेनमेन्ट’ मा आबद्ध भएको हुनु पर्नेछ ।
- प्रतियोगीले कार्यक्रमका प्रायोजकहरुको फेसबुक पेज लाईक गरेको हुनु पर्नेछ ।






