तक्दीर अधिकारी
सिड्नी । विनर सर्कल मिडिया सिड्नी अष्ट्रेलियाले नेपालका तीन जना विरामी बालबालिकाहरुको उपचारको निम्ती आर्थिक सहयोग गरेको छ ।
यसअघि गम्भिर रोगबाट शिकार भएका बालक उस्मान अलिको निम्ती संकलन गरिएको रकम अलीको निधन भएको कारण सफलता रानाभाट, समान मानन्धर र क्षितिज सिंगोहंगको उपचार गर्न सहयोग गरिएको मिडियाका संस्थापक रोशन खतिवडाले जानकारी दिए ।
सफलता र क्षितिजलाई २ लाखका दरले तथा गम्भिर विरामी रहेका समान मानन्धरलाई ५ लाख रुपैया गरी कुल ९ लाख रकम नेपाल पठाइएको उनले बताए ।
यसअघि गम्भिर रोगबाट शिकार भएका बालक अलीको उपचारको निम्ती संस्थाले १० लाख संकलन गर्ने लक्ष्य सहित अभियान चलाएको थियो । तर सहयोग संकलन अभियानकै क्रममा नै ती बालकको दुखःद निधन भएको थियो ।
‘रुटिन अफ नेपाल बन्द’ पेज मार्फत सम्पर्कमा आएका बालबालिकाहरुलाई उक्त रकम सहयोग उनले बताए ।
स्थापनाकालदेखि नै विभिन्न सामाजिक काममा संलग्न रहेको विनर सर्कल मिडियाले यसप्रकारका सामाजिक मानविय कामहरुलाई निरन्तरता दिइरहने संस्थापक खतिवडाले जानकारी दिएका छन् ।






