भुपू गोर्खालीहरुलाई क्यानले भेट्यो, १८ सेप्टेम्बरमा निशुल्क घुमाउन लैजाने

लण्डन । भूपू गोर्खाहरुसंग द गोर्खा कम्युनिटिज् एन नेचर (क्यान)ले साउथ ह्यारोमा भेटघाट गरेको छ ।

लामो समयदेखि विभिन्न मागहरु लिएर अधिकारका निम्ती लडिरहेका भूपू गोर्खाहरुलाई एक्लो पनबाट मुक्त गर्ने मुख्य उद्धेश्यसहित भेलाको आयोजना गरिएको क्यानका निर्देशक डा. बलराम ढकालले बताए ।

उपस्थित भएका भूपू गोर्खाहरुका अन्य समस्याहरुको विषयमा क्यानले जिज्ञासा राखेको थियो । जिज्ञासाहरुको जवाफ गोर्खाहरुले दिएका थिए ।

त्यस्तै क्यानका अध्यक्ष गोभिन्द वेलबासेले कार्यक्रममा भने, ‘हामी मान्छेहरु सबै विषयमा पूर्ण नहुने भएकोले सामाजिक भेटघाट गरी एक अर्कावीच जानकारी मूलक सुचनाहरु आदान प्रदान गर्दै अघि बढ्नु पर्ने हुन्छ ।’

उनले अघि भने, ‘मान्छेहरुलाई विभिन्न समस्याहरुको कारण एक्लो पनले सताउने गर्छ ।’ अझ धेरै बृद्ध अवस्थामा शारिरीक समस्याको कारण पनि असामाजिक हुँदै जान सक्ने भएकोले सामाजिक भेटघाट कार्यक्रमको आयोजनाहरु क्यानले गर्दै आईरहेको छ ।’

कार्यक्रममा एनआरएनए वेलायतका पूर्वउपाध्यक्ष थर्क सेन, ब्यवासायी कमल पौड्याल, स्याङजा समाज वेलायतका अध्यक्ष सारद गुरुङको उपस्थिती रहेको थियो । त्यस्तै भूपू गोर्खा सैनिकहरु समाजसेवी तथा तमुधि लण्डनका सल्लाहकार डेभिड गुरुङ, समाजसेवी उदान वहादुर राई, समाजसेवी ज्ञान वहादुर राईको उपस्थिती रहेको थियो ।

भूपू गोर्खा सैनिकहरुको बाक्लो उपस्थिती रहेको उक्त भेलाले यहि आउँदो १८ सेप्टेम्बर २०२१ दिन सामुद्रिक किनारमा घुम्न जाने निर्णय पनि गरेको छ । भूपू गोर्खा सैनिक र उनको श्रीमतीहरुलाई निशुल्क घुम्न लैजाने तयारी भइरहेको समाजसेवी डेविड गुरुङले जानकारी दिए ।

क्यान यूकेले स्थापना भएसंगै विभिन्न कल्याणकारी तथा सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । यसअघि बेलायतमा रहेका बृद्धबृद्धा नेपालीहरुलाई भइरहने विभिन्न स्वास्थ्य, भाषागत समस्याको हल गर्न यस संस्थाले काम गर्दै आएको छ । कोभिड महामारीको समयमा पनि उक्त संस्थाले प्रशंसनीय काम गरेको थियो ।