बेलायतमा क्यामरुनको कन्जरभेटिभ पार्टी अगाडि

dabid

शिब भण्डारी,

लन्डन ,बेलायतको आम निर्वाचनको प्रारम्भिक नतिजामा सत्ताधारी कन्जरभेटिभ पार्टीले अग्रता लिएको छ । 

५२३ स्थानको नतिजा सार्बजनिक हुँदा डेभिड क्यामरुनको पार्टी कन्जरभेटिभले २३२ सिट जितेको छ । एड मिलिबेन्डको लेबर पार्टीले २०८ सिट जितेको छ ।

बेलायतमा  ६५० सिटका लागि विहीबार आम चुनाव भएको थियो । बहुमतका लागि ३२६ सिट जित्नुपर्ने हुन्छ ।

सन् २०१० मा भएको अघिल्लो निर्वाचनमा कन्जरभेटिभ पार्टीले ३०७ र लेबर पार्टीले २५८ सिट जितेका थिए । यसपटकको निर्वाचनको मत सर्वेक्षणमा पनि क्यामरुनले जित्ने देखाइएको थियो ।

यस निर्वाचनमा भारतीय मूलका नेताहरुको पनि भाग्य परीक्षा हुनेछ । कन्जरभेटिभ पार्टीका १७ जना उम्मेदवार भारतीय मूलका छन् । लेबर र लिबरल डेमोक्रेटिक पार्टीले १४-१४ जना भारतीय मूलका नेतालाई उम्मेदवार बनाएका छन् । भारतीय मूलका ६ लाख जनाले बेलायतमा सरकार निर्माणमा भूमिका खेल्नेछन् ।