लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्वको लागि ३४ पदमा ६२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
२०२१–२३ कार्यकालको लागि यही जुलाई ३१ मा हुने निर्वाचनमा विभिन्न ३४ पदमा कुल ६२ जनाको उम्मेद्वारी दिएको निर्वाचन आयोगले जनाएको छ । जसमा अध्यक्षमा प्रेम गाहा मगर, दीपक श्रेष्ठ, र रोजिना प्रधानले उम्मेदवारी दिएका छन् ।
निर्वाचन समिति श्रोतका अनुसार, सोमबार ८ बजेसम्म दिइएको समयसीमाभित्र उपाध्यक्षमा दुई पदका लागि ५ जना पवन शर्मा, सुनिलबाबु खड्का, तेजेन्द्र रोकामगर, गोविन्द खरेल र अमन गौचनले उम्मेदवारी दिएका छन् ।
महिला उपाध्यक्षमा प्रसुना कंडेल, शकुन्तला गुरुङ र सरस्वती केसी, महासचिव पदका लागि जीत रानाभाट, डा. मुकुन्द बास्तोला र खुशी लिम्बुले उम्मेदवारी दर्ता गरेका छन् । सचिवमा धातानन्द खरेल (डिएन खरेल), ज्ञानेन्द्र आले, विशाल गुरुङ र विष्णु चालिसे गरि ४ जनाको उम्मेदवारी परेको छ । महिला सचिवमा दुई जना कल्पना त्रिपाठी र नम्रता घले गुरुङले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा विष्णुप्रसाद खरेल र धनसरी राई, सह(कोषाध्यक्षमा हेम गुरुङ र सशांक शर्माको उम्मेदवारी छ । युथ कोअर्डिनेटरमा तीर्थबहादुर मल्ल (अनिल) र चन्दन गुरुङले उम्मेदवारी दिएका छन् ।महिला संयोजकमा मनिकला राई गुरुङ र विमला लिम्बुको उम्मेदवारी परेको छ ।
आइसीसी सदस्यको ७ पदका लागि समिर खनाल, दिनेश घिमिरे, कोशलेश्वर ढकाल (कृष्ण), अर्कराज तिमिल्सिना, केदार थपलिया, राजेन्द्रप्रसाद पुडासैनी, महेश अधिकारी, एलएन पाण्डे, भिमलाल भट्टराईले उम्मेदवारी दिएका छन् । ।
त्यसैगरि, सदस्यहरुमा सुशिल प्रजापति, इश्वर महर्जन, इन्दिरा (सपना)खनिया, विशाल राई, सुमन शर्मा, सुरेश परियार, हिरा (दीपक) सापकोटा, पदमबहादुर गोले, मोहन ओली, भिमलाल खनाल, देउमान इजम, चम्पा थापामगर, पदमबहादुर शाही, भानुभक्त घिमिरे, गीता रायमाझी, ठाकुरप्रसाद ढुंगाना, दिपक ढकाल, उपेन्द्र पौडेल, बालकृष्ण दाहाल र चेतबहादुर राना गरि २० जनाले उम्मेदवारी दिएका छन् ।
स्कटल्याण्डबाट केन्द्रमा प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदका लागि मोहन कार्की र छविलाल अर्याल, नर्दन आयरल्याण्डबाट नारायण कंडेल र नारायण कुंवर एवं वेल्सबाट रामचन्द्र पोखरेलको एकल उम्मेदवारी परेको छ ।
एनआरएनए यूके राष्ट्रिय समन्वय परिषदको कार्यसमितिका २७ र आइसीसी सदस्यको ७ गरी कुल ३४ पदमा ती उम्मेदवारी परेका हुन् । निर्वाचन समितिले उम्मेदवारहरुको प्रथम नामावली मंगलबार दिउँसो १ बजे प्रकाशन गर्ने जनाएको छ ।
वेल्स र नर्दन आयरल्यान्ड राज्य परिषद निर्विरोध
एनआरएनए यूकेअन्तर्गतका चार वटै राज्य समन्वय परिषदहरुको लागि पनि सोमबार उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिका अनुसार वेल्स र नर्दन आयरल्यान्ड राज्य परिषदको सिंगो कार्यसमिति नै निर्विरोध भएका छन् । स्कटल्यान्डमा सबै र इंग्ल्याण्डमा अधिकांश पदमा दोहोरो उम्मेदवारी परेको छ ।
इंग्ल्याण्ड परिषदमा अध्यक्षमा डा. मीन रानाभाट र एलबिजेड गुरुङको उम्मेदवारी परेको छ भने स्कटल्यान्डको अध्यक्षमा काशिराम भण्डारी, दिवाकार पाण्डे र शिवकान्त खराल गरी तीन जनाको उम्मेदवारी परेको छ । नर्दन आयरल्यान्डको अध्यक्षमा बलबहादुर थापा र वेल्सको अध्यक्षमा कृष्ण भण्डारीसहित दुवै परिषदका सिंगो कार्यसमिति निर्विरोध भएका छन् ।
यसपटकको एनआरएनएको निर्वाचन उत्साहजन प्रतिस्पर्धाका साथ सम्पन्न हुने देखिएको छ । निर्वाचनमा ११ हजार ३ सय ६३ जनाले भोट हाल्ने भएका छन् । यसअघि मतदाताको प्रथम नामावलीमा प्रकाशितमध्ये डेढ सय बढीको नाम भने अन्तिम नामावलीमा काटिएको छ । मतदाताको नामविरुद्ध परेको दावी विरोधमाथिको छानबिनपछि रीत नपुगेका विभिन्न १ सय ६९ जनाको नाम काटिएको निर्वाचन समितिका संयोजक महेन्द्र कंडेलले जानकारी दिए ।
एनआरएनए यूकेको दशौं कार्यसमितिको निर्वाचनका लागि जुलाई ३१ शनिबार अनलाइन मार्फत मतदान हुँनेगरी निर्वाचन समितिले तयारी अघि बढाइरहेको छ।






