नेपालका लागि बेलायती राजदूत पोलिटद्वारा प्रधानमन्त्री देउवालाई बधाई

लण्डन। नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बेलायतले बधाइ तथा शुभकामना दिएको छ ।

राजदूत निकोला पोलिटले बुधबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएकी हुन् । विज्ञप्तीमा उनले नेपालले भोगिरहेका चुनौतिविरुद्ध मिलेर काम गर्ने चाहना बेलायतले राखेको समेत बताएकी छन् ।

देउवाको कार्यकालमा दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बन्ने अपेक्षा पनि उक्त विज्ञप्ती मार्फत गरिएको छ । अदालतले दिएको परमादेश अनुसार नेपालको संविधानको धारा ७६ को उपचारा ५ अनुसार देउवाले मंगलवार साँझ शपथ लिएका थिए ।