बाजागाजा र जुलुससहित यसरी बालकोट फर्किए ओली (तस्वीर)

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फर्केका छन् ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।

नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलबार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गरेपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाडेका हुन् । उनलाई पार्टी निकट सङ्गठन र उनका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पछ्याएका थिए ।

पच्छाउने क्रममा केपी ओली आइलव यू लगायतका नारा लगाएका थिए । बालकोट उनको निवासमा पुग्नेबेलामा बाजागाजा र फूलमालासहित स्वागत गरिएको थियो ।

बालकोट पुग्नेवित्तिकै आफ्नो घरको बार्दलीबाट ओलीले सम्बोधन गर्दै एमाले बरिष्ठ नेता माधव कुमार नेपाललाई अब पार्टीमा राख्न नसकिने बताए । नेपालले आत्मालोचना, माफी जे सुकै गरेपनि एमालेमा राख्न नसकिने उनको उद्घाष छ । नेपालपक्षका अरु नेताहरुलाई पनि स्वागत गरिने उनले बताए ।