बेलायतबाट प्रकाशित डेली मेलको समाचारप्रति लण्डन दूतावासको आपत्ति

लण्डन । बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको भनी प्रकाशित गरेको भ्रामक समाचारप्रति लण्डनस्थित नेपाली दूतावासले आपत्ति जनाएको छ ।

विहिबार दिउँसो एक विज्ञप्ती जारी गर्दै दूतावासले डेली मेलले नेपालमा देखिएको नयाँ भेरियन्टले बेलायतका मानिसहरुको बिदा/छुट्टीहरु प्रभावित हुने खतरा शीर्षक दिएर लेखेको समाचार भ्रामक रहेको भन्दै ध्यानाकर्षण भ्एको जनाएको हो ।

हाल नेपालमा देखिएका भेरियन्टहरु भनेका अल्फा र डेल्टा हुन्, ती दुवै त्यहाँ उत्पति भएका होइनन्, विज्ञप्तीमा भनिएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले नेपालमा नयाँ प्रजाति देखा परेको भन्ने समाचार गलत रहेको बताएको भन्दै दूतावासले हाल देखिएको नयाँ स्वरुप भनेको डेल्टा बी १.६१७.२ रहेको स्पष्ट पारेको छ ।

दूतावासले उक्त समाचारको खण्डन गर्दै दूतावासमा पत्राचार गरेको छ र सच्चाउन समेत भनेको छ ।

डेली मेलले उक्त हावादारी समाचार प्रकाशित गरेपछि नेपालमा नयाँ तरंग सिर्जना भएको छ । उक्त समाचारको डब्लुएचओले पनि भ्रामक रहेको भनेको छ भने नेपालका सरोकारवाला र स्वास्थ्यकर्मीहरुले पनि चर्काे आलोचना गरेका छन् ।