मेलवर्नको उत्तरी भेगमा ४ संक्रमित भेटिए

मेलबर्न ।अष्ट्रेलियाको मेलबर्नमा कोभिड १९ का नयाँ संक्रमित फेला परेका छन् ।

मेलबर्नको उत्तरी क्षेत्रमा एकै परिवारका तीनसहित चार जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये एक जना नजिकका नातेदार रहेको बताइएको छ ।

संक्रमण हुनेहरुमा ३०, ७० वर्षीय पुरुष तथा ७० वर्षीय महिला र एकजना बालक रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

परिवारमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ्ग गर्दा अर्का व्यक्तिमा पनि संक्रमण पुष्टि भएको थियो । संक्रमित भेटिएसँगै उत्तरी क्षेत्रमा विशेष सर्तकता अपनाइएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै बन्डुरामा रहेको जम्प स्वीमंग स्कुल, हाईप्वाईन्ट सपिंग सेन्टरमा गएका व्यक्तिहरुलाई परीक्षण गर्न र क्वारेन्टीनमा बस्न अनुरोध गरिएको छ ।

मेलबर्नका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सुट्टोनले उक्त संक्रमण यसअघिको भन्दा जटिल किसीमको पाइएको पुष्टि गरेका छन् ।