सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलिया (एनएसडब्लु) को आयोजनामा शान्ति पद यात्रा हुने भएको छ । मे २३ तारिख आइतबार आयोजना हुने उक्त शान्ति पद यात्रा ६ किलोमिटरको हुने एनआरएनए न्यू साउथ वेल्स राज्यपरिषद्का सचिव दिपक पहारीले जानकारी दिए ।
आइतबार बिहान ७ बजेदेखि सुरु भएको उक्त पदयात्रा ११ बजेसम्म चल्नेछ । नेपालमा कोरोना संक्रमितका लागि सहयोग जुटाउन शान्ति पदयात्राको आयोजना गरिएको एनआरएनए न्यू साउथ वेल्सले जनाएको छ ।
शान्ति पद यात्रामा सहभागी भएर नेपालका कोरोना संक्रमितको मनोबल उच्च बनाउन सहयोग गर्न आयोजकले अनुरोध गरेका छन् । पद यात्रामा सहभागी हुनका लागि एनआरएनए एनएसडब्लु संयोजक देव गुरुङ, सचिव दिपक पहारी, सहसचिव तीर्थ कार्की, चुन्ना क्षेत्री, संगीता बस्नेत र अरुण गौतमलाई संयोजक तोकिएको छ ।







