कोभिडविरुद्ध लड्न नेपाललाई अस्ट्रेलिया सरकारको ७० लाख डलर सहयोग सामाग्री

सिड्नी । कोभिड–१९ संक्रमणविरुद्ध लडन अस्ट्रेलिया सरकारले नेपाललाई ७० लाख डलर बराबरको सहयोग सामाग्री उपलब्ध गराउने भएको छ । अस्ट्रेलियाकी परराष्ट्र मामिलासम्बन्धी मन्त्री मरिस् पेअनले संकटकाल सहयोग कोषबाट नेपाल, बंगलादेश र श्रीलकालाई १७ दशमलब ५ मिलियन डलर सहयोग उपलब्ध गराइने टुइटरमार्फत उल्लेख गरेकी छन् ।

यसैगरी मन्त्री पेअन र अन्तर्राष्ट्रिय विकास र प्रशान्त क्षेत्र मामिलासम्बन्धी मन्त्री जेड से सेल्जाले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, अस्ट्रेलियन एडमार्फत् दिइने उक्त रकम नेपालस्थित संयुक्त राष्ट्र संघीय निकाय र अस्ट्रेलियन परियोजनासँग साझेदार संघसंस्थासँग समन्वय गरी उपलब्ध गराइनेछ ।