लण्डन । आफूहरुलाई अझै पनि समान अधिकार नदिइएको गुनासो गर्दै आएका भूपू गोरखाहरुले प्रतिक्रियास्वरुप विहीबार विरोध प्रदर्शन गरेका छन् । भर्तोको दुईसय वर्ष पुगेको अवसरमा बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा आयोजित विशेष समारोह भाँड्न उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा बेलायतका विभिन्न भागबाट आएका करिब ५०० गोरखाहरु सहभागी थिए । सरकारी तवरबाट आयोजना गरिएको विशेष परेड हुने बेला पारेर नै गोरखाहरुले प्रदर्शन आयोजना गरेको संयुक्त गोरखा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले बताए । राईले नेपालमा भुकम्पले देश र जनता रोइरहेका ,ठूलो धनजनको क्षति र पूरा देश पीडामा भएको बेला बेलायत सरकारलाई विशेष कार्यक्रम रोक्न आग्रह गर्दा पनि नमानेपछि विरोध प्रदर्शन गरेर अवरोध गर्न बाध्य हुनु परेको जानकारी दिए । आक्रोशीत भूपू गोरखाहरुले २०० वर्षका अवसरमा आयोजना गरिने सबै कार्यक्रम अवरोध गर्ने चेतावनी दिएका छन् । तर आज गरिएको विरोध प्रदर्शन भने सान्दर्भिक नभएको कतिपयको धारणाा छ । बेलायतले नेपालमा गएको भुकम्पका लागि त्यत्रो सहयोग गरिरहेको बेलामा विरोध प्रदर्शन गरिनु त्यति सान्दर्भिक नभएको आलोचकहरुको भनाइ छ ।
गोरखाहरुको प्रदर्शन:







