लण्डन। कदापि पनि यहाँ कसैको रहर र समय पनि हुदैन होला तर पनि एउटा नयाँनयाँ रङरूट सिपाही जस्तै गरी निष्ठता र इमान्दारिता पुर्बक कर्तब्यको पालना पुर्ण रुपमा पुरा गरेको थिएँ ।
यस कार्यक्रमको समग्र यात्रामा मेरो कुनै गुनासो छैन । अत्यन्तै गर्ब लाग्छ फर्किएर हेर्दा ति दिनहरु किनकी बेलायती जनमानसमा युवा देखी बृदा सम्म ब्यक्ति देखि संस्था सम्म सबैको मनमुटुमा जोडिन सफल भएको कार्क्रम थियो “म अनि मेरो मातृभूमि”।
कैयौं साथीहरूको योगदान र अग्रजरूको अथक प्रयास अनि सुभचिन्तकहरुको हौसला सहित सुभेच्छा प्रदान गर्नु हुने यहाँहरू सबैसबैमा फेरी पनि एक पटक सम्झना सहित ह्रिदय देखीनै हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्न चाहन्छु।
कहिले नेपाल क्रिकेट टिमको प्रमोसन त कहिले ईङ्ल्याण्ड, वेल्स र स्कटल्याण्डको कार्यक्रम त कहिले युवाहरूको अन्तरक्रिया कार्य्रक्रम संगै बिभिन्न संघ/संघठन एवं संस्थाहरूसंग जोडिने हाम्रो सौभाग्य जुर्यो र म यसैमा गर्ब गर्दछुकी कसैको नजरबाट यो अभियान छुपेन र लुकेन।
कार्यक्रमलाई बिभिन्न ठाउँहरूमा लग्नुको लागी प्रोत्साहन गर्ने राजा महाराजाहरू अहिले चाहिँ बिल पेश गरे पछी तै चुप मै चुप कस्तो बिडम्बना? कुरो पैसोको होईन प्रबृत्तिको हो, कुरो सफलता वा असफलताको होईन स्वाभिमानको हो र कुरो बचन एवं जिम्मेवारीको हो। अब भन्नुहोस जुन समाजको जगमा टेकेर नेता बन्ने प्रयास गर्छौं अनि त्यही समाजको सुन्धरतामा गिध्धे आँखा लगाउछौं र आफ्नो स्वार्थ पुर्तिका लागि नाङ्गो नाचँहरूको रमिता देखाउँछौं र भन्छौ अहिलेको फेसन यस्तै चलेको छ। अनि समाजले त्यो पत्याउनु पर्ने? वा वा वा….. यहाँहरू जस्तोबाट हाम्रो समाज र भाबी सन्ततिहरुले के सिक्ने? यस्तै हो त हामी प्रवासी नेपालीहरुको नियति?
आज सम्म कोही पनि ठांउ त्यस्तो छैन र मैले अहिले सम्मपनि देखेको छैन कि जुन कार्यक्रम हेर्नको लागी जांदै गर्दा १५-२० पाउण्डको टिकटको व्यवस्था नहोस्! तर
हिजो टिकट सिस्टम गर्दै गर्दा गर्न नदिने यिनै राजा महाराजाहरू गुपचुप छन् र बिल पनि सबै चुनाब हुनु भन्दा ३ महिना अघाडिनै निबर्तमान अध्यक्षलाई पेश गरेको थिएँ तर अहिले चाहिँ कहिले जापान गयोरे त कहिले नेपाल, जहाँ गए
पनि हिसाब हुनु पर्ने कि नपर्ने?
अझै भन्ने हो भने त चुनाब हुनु अगाबै बिल भुक्तानी गर्ने सर्त थियो र मैले पनि कसरी विश्वास नगर्ने? हामी आफु भन्दा सिनियरको सम्मान गर्छौ विश्वास गर्छौ ।
सम्मानका साथ धेरै पटक झकझकाएको पनि थिएँ कति पटक मिटीङमा पनि आवाज उठाएको थिएँ सबैलाई जगजायर नै छ। अहिले बिल धेरै आयोरे कुन कुरामा बिल धेरै भयो कुन कुरामा बुझेन मलाइ बोलाएर जानकारी लिन पर्छकी पर्दैन?
हिक्मत छ भने कसैले पनि ५ दिन मात्र “म अनि मेरो मातृभूमि” जस्तो कार्यक्रम ल्याएर गरेर देखाउनुहोस् बिल कति आउँछ म चुनौती दिन चाहन्छु।
,गैर आवासीय नेपाली संघ युकेको इंग्ल्याण्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष लाल बहादुर (रबिन) गुरुङ्ग






