साझा नेपाली समाज यूकेको अध्यक्ष बने कृष्ण शर्मा, अरु को–को आए ?

लन्डन । बेलायतको मिडल्यान्ड र यसको आसपास बस्ने नेपालीहरुको साझा संस्था ’साझा नेपाली समाज बेलायतको सोमबार सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको पाँचौ सधारणसभाले कृष्ण शर्मा सापकोटालाई साझा नेपाली समाजको नयॉ अध्यक्षमा चयन गरेको हो । सरल र मिजासिलो सोभावका समाजसेवी शर्मा २००६ सालदेखि मिडल्याण्डको वल्भरहाम्टनमा बसी आफ्नो व्यवसाय गर्दै आएका छन्। उनी हाम्रो नेपाली समाज वेस्टमिडल्याण्डका पूर्व अध्यक्ष पनि हुन्। साझा नेपाली समाजका संस्थापक सदस्य समेत रहेका शर्मा मिडल्याण्डमा एक स्वक्ष्छ छवि भएका समाजसेवी मानिन्छन् ।

यसैगरी समाजको नयाँ कार्यसमितिका तीन उपाध्यक्षमा प्रेम मगर (लेस्टर), कृष्ण खरेल (नटिङहम) र केशव खतिवडा (पिटरबरो) निर्वाचित भएका छन् । महासचिवमा रामप्रसाद पन्थी ( नटिङहम), सचिवमा हरि भट्टराई (डर्बी) र कोषाध्यक्षमा ऋषिप्रसाद सापकोटा (वेल्भरहाम्टन) चयन भएका छन् । कार्यसमितिको सदस्यमा लेस्टरबाट पुन्डरी अर्याल, पिटरबरोबाट सुदर्शन पराजुली, डर्बीबाट लालबहादुर क्षेत्री, नटिङहमबाट अर्चना हमाल र उपेन्द्र सापकोटा, ग्रान्थमबाट उपेन्द्र पौडेल र किशोरराज लामिछाने, कोभेन्ट्रीबाट प्रेमप्रसाद सापकोटा, वेल्भरहाम्टनबाट राज कंडेल र बर्मिङहमबाट सशांक शर्मा छन् ।

अधिवेशनले दयानिधि सापकोटा, रणबहादुर केसी, पवन शर्मा, गोमा पौडेल र महेश अधिकारीलाई संस्थाको ट्रस्टीमा अनुमोदन गरेको छ नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ । निर्वाचन समितिका संयोजक दिपक सापकोटाले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै नयाँ पदाधिकारीलाई शपथग्रहण गराएका थिए । दिपक सापकोटा (नटिङहम) को संयोजकत्वमा रहेको निर्वाचन समितिमा भिम खनाल (पिटरबरो), केदार शर्मा (डर्बी), शिव खराल (वेल्भरहाम्टन) र वरूण भण्डारी (लेस्टर) सदस्य रहेका थिए । निवर्तमान कार्यसमितिका अध्यक्ष महेश अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनको दोस्रो सत्रमा संस्थाका वार्षिक तथा आर्थिक प्रतिवेदनहरु छलफलपछि पारित गरिएको थियो । अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले बेलायतको नेपाली समुदायमा मिडल्यान्डवासी नेपालीहरुको महत्वपूर्ण योगदान रहंदै आएको उल्लेख गरिन् । पछिल्लो समय एनआरएनए अभियानमा समेत मिडल्यान्डले निभाइरहेको सक्रिय र सशक्त भूमिका आगामी दिनमा निरन्तर रहने उनको विश्वास थियो ।

उक्त अवसरमा एनआरएनए यूके उपाध्यक्षहरु प्रेम गाहामगर र रोजिना प्रधान राई, महासचिव फडिन्द्र भट्टराई, सचिव कोशलेश्वर ढकाल, आइसीसी सदस्य एवं साझा नेपाली समाजका संस्थापक सदस्य दायानिधि सापकोटा , साझा नेपाली समाज यूकेका पूर्व अध्यक्षहरू रण केसी, राजु कंडेल, गंगाधर गौतम, संस्थापक अध्यक्ष शंकर भण्डारी लगायत शुभकामना मन्तव्य राखेका थिए । निवर्तमान कार्यसमितिका अध्यक्ष महेश अधिकारीले आफ्नो कार्यकालमा विभिन्न रुपमा सहयोग पुर्याउने मिडल्यान्डस्थित सम्पूर्ण संघसंस्था, सामाजिक अभियन्ता एवम् समाजका सल्लाहकार र कार्यसमितिका सबै पदाधिकारीप्रति धन्यवाद ज्ञापन गरे । अधिवेशनको वन्दसत्रमा संस्थाको संसोधित विधान व्यापक छलफलपछि पारित गरिएको थियो । संस्थाको संसोधित विधानबारेमा विधानसमितिका संयोजक दायानिधि सापकोटा र सदस्यहरू रण केसी र केशव भण्डारीले सदस्यहरूले जिज्ञासा बारेमा प्रस्ट पारेका थिए ।

अधिवेशनको शुरुमा निवर्तमान समितिका उपाध्यक्षहरू नारायण फुँयाल र विष्णु चालिसेले स्वागत र धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम संचालन महासचिव मिलन सापकोटाले गरेका थिए । सन् २०१२ मा स्थापित ’साझा नेपाली समाज यूके’ मा सिर्जनशील नेपाली समाज लेस्टर, नटिंघम नेपाली समाज, हाम्रो नेपाली समाज वेस्टमिडल्याण्ड, पिटरवोरो नेपाली समाज लगायत संस्थाहरू शुरू देखि नै जोडिएका छन् भने मिडल्यान्डका वर्घिघम,लेस्टर, नटिङहम, पिटरबरो, वुल्भरह्याम्पटन, डर्बी, ग्रान्थम, कोभेन्ट्री लगायतका क्षेत्रमा बस्ने नेपालीहरुको संलग्नताले साझा नेपाली समाजमा सदस्यहरूको संख्या बढेर संस्था अझ मज़बूत हुदै गएको छ ।