गुल्मी,
गुल्मीबाट नयाँ बर्ष मनाउन धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाने क्रममा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बुधबार विहान प्यूठानको स्वर्गद्वारी नगरपालिका – ३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको हो । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनिहरुको परिवार सहित १६ जना सवार गाडी दुर्घटनामा परेको हो ।
शोक सभामा प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, जिल्ला स्थित राजनितिक दलका प्रमुख, आफन्त तथा जिल्ला वासीले फुल माला ओढाएर अन्तिम बिदाई गरेका थिए । प्रशासन कार्यालय परिसरमा राखिएको शोक सभामा उपस्थितहरु रुवाबासीले शोक मग्न बनेको थियो ।
आफन्तले शव बुझेसँगै आ–आफनो घाटमा लगेर दाहासंसकार गर्नेछन् । प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । घाइते ७ जनालाई लाई बुधवार नै नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगेर उचार भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मी ५ दिन अत्याबश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । बुधवार सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका ४ जना कर्मचारीको मृत्यु भएको शोकका ५ दिन कार्यालयका सेवाहरु बन्द गरिने भएको हो । दुर्घटनामा मृत्यु भएका कर्मचारीहरुको शोकमा कार्यालयका अत्याबश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । प्रशासनले एक सूचना जारी गर्दै आज १ दिन प्रशासनका सम्पूर्ण कार्य बन्द गर्ने भएको छ ।
दुर्घटनामा गम्भीर घाइते सन्दिप परियार, मुना पाण्डे, कमला पन्थी, सुनिता कँडेल, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरा हेलिकप्टर मार्फत काठमाडौं पठाइएको हो । दुर्घटनामा परेर घाइते ५ जना सामान्य उपचारपछि घर फर्किएका छन्।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली दुर्घटनामा परेपछि जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादवी शर्मा सहितको टोली प्युठान पुगेका थिए । जिल्लाका सुरक्षा निकायका प्रमुख सहितको टोली दुर्घटना स्थल र घाइतेहरुको अबस्था बुझेर गुल्मी फर्किएका छन् । सामान्य घाइतेहरुलाई घर फर्काएर शव लिएर गुल्मी आएका हुन् । नव वर्षको सुरुवाती दिनमै जिल्लामा भएका दुर्घटनाले जिल्ला वासी शोक मग्न भएका छन् ।






