लन्डन ।कोरोना महामारीका बेला स्थानीय स्तरमा योगदान दिएको भन्दै बीबीसी रेडियो लन्डनले जीत रानाभाटलाई कदर गरेको छ ।रानाभाट रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) अध्यक्ष एवम् एनआरएनए यूके सचिव हुन् ।
लकडाउनको पहिलो वर्ष पूरा भएको सन्दर्भमा बीबीसी रेडियोको ‘मेक अ डिफरेन्स् हिरो’ नामक शोका लागि उनी मनोनयनमा परेका हुन् ।ग्रीनवीच बरो काउन्सिल र स्थानीय सांसदको संयुक्त सिफारिशमा मनोनित रानाभाटसँग बीबीसी रेडियोले मंगलबार साँझ अन्तर्वाता समेत प्रकाशित गरेको थियो ।
उक्त उपाधि स्वीकार गर्दै रानाभाटले आफूलाई दिइएको यो कदर बेलायत स्थित हामी सबैको सम्मान भएको लन्डन नेपाल न्युज लाइ बताए। बीबीसीबाट सम्मानित हुनेमा रानाभाट पहिलो नेपाली हुन् ।
लकडाउनका बेला एनआरएनए यूकेको हेल्पडेस्क संयोजकका रुपमा खटिएका उनले आरजीएनएसको कोभिड १९ तथा जनगणना सचेतना अभियानको पनि संयोजक भएर खटिएका थिए ।नेपाली वेल्फेयर सोसाइटीमार्फत् नेपालका २२ जिल्लाका २ हजार परिवारलाई राहत वितरण गर्ने अभियानमा ऊनी जुटेका थिए ।
आरजीएनएसका नवनिर्वाचित अध्यक्ष रानाभाटले पछिल्लो ६ वर्षदेखि साउथ इष्ट लन्डनका ग्रीनवीच र बेक्सली बरोसँग पनि निकट रहेर सक्रियतापूर्वक सामाजिक क्रियाकलापमा योगदान दिदै आएका छन् ।






