एनआरएनए फ्रान्सको आयोजनामा ग्रीष्मकालीन सामुन्द्रिक भ्रमण सम्पन्न

प्रकाश सापकोटा ,

फ्रान्स । एनआरएनए फ्रान्सले यहि २२ जुलाई २०१८ आईतबारको दिन ग्रीष्मकालीन सामुन्द्रिक भ्रमण सफलताका साथ सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत पेरिसबाट झण्डै २१० कि मी पश्चिम तर्फ पर्ने Plage de Cabourg समुन्द्रिक बीच छनोट गरिएको थियो। कार्यक्रममा उत्साहपूर्वकरुपमा नेपाली जनसमुदायहरूको सहभागिता रहेको एन आर एन ले जानाएको छ।

भ्रमणको लागी लगभग १६० जनाको लागि तिनवटा आरामदायि ठूला वसहरूको व्यवस्था गरेको थियो । आईतबार विहान ७:३० बजे देखि नै वस छुट्ने स्थान (Fort d’Aubervilliers) मा नेपाली दाजुभाई दिदीबहिनीहरु र बालबालिकाहरूको चहलपहल सुरु भएको थियो ।

पेरिस फर्किनु अगाडी करिब ५ बजे खाजा खाने कार्यक्रम गरीएको थियो । त्यसैक्रममा संघका अध्यक्ष एक बहादुर बहादुर मल्लको सभापतित्वमा धन्यवादको सानो कार्यक्रम आयोजना गरियो। अध्यक्षले समुन्द्र  भ्रमणमा पाल्नु भएका निवर्तमान अध्यक्ष भक्त वाग्ले, संघका संस्थापक अध्यक्ष हरिहर अर्याल, भूतपूर्व अध्यक्ष धनश्याम पौडेल, भूतपूर्व उपाध्यक्ष हरि सापकोटा, सल्लाहकारहरु, तमु समाज फ्रान्सका अध्यक्ष चित्र गुरूगं, नेपाली एकता समाज फ्रान्सका भूतपूर्व अध्यक्ष सुक गुरूगं, मोना फ्रान्सका सल्लाहकार विक्रम भण्डारि, संघ सस्थाका प्रतिनिधि ज्यूहरू, उपस्थित बिधार्थीहरु र नेपाली दाजुभाई दिदि बैनीहरु लाइ धन्यवाद दिनु भएको थियो ।

यसै गरि धन्यवादकै क्रममा कार्यक्रमलाई सफल वनाउन खटिनु भएकि संयोजक पार्वति मल्ल तथा सह संयोजक कृष्ण पराजुलि खाना तयार गर्नुहुने श्री गणेश रेस्टुरेन्ट, सगरमाथा रेस्टुरेन्ट, लालकिल्ला रेस्टुरेन्ट, टिकट बिक्रि, किनमेल र यातायातका साथै कार्यक्रम सम्पन्न गर्नको लागि खटिएर सहयोग गर्नुहुने सम्पूर्णलाइ धन्यवाद दिनु भएको थियो । संस्थाका संस्थापक अध्यक्ष हरिहर अर्याल, निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार भक्त वाग्ले र तमु समाज फ्रान्सका अध्यक्ष चित्र गुरुङ ले कार्यक्रम सफल तरिकाले सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै धन्यबाद तथा शुभकामना दिनु भएको थियो।