लन्डन ।गैर आवासीय नेपाली संघ (एनआरएन) यूके उपाध्यक्ष एबम च्यारिटी विभाग संयोजक सुनिल बाबु खड्काले आगामी नेतृत्वको दाबी गर्दै अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन्। खड्काले बेलायत स्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीमाझ अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एक विज्ञप्ति जारी गर्दै उनले संघको जुलाइमा हुने नयाँ नेतृत्व चयनका लागि एनआरएन युके अधयक्षको दाबी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
‘मैले निभाएको उपाध्यक्ष को २ वर्षको कार्यकालमा हाम्रा कयौं एजेन्डाहरू अधुरा छन् । आगामि कार्यकालका लागि मैले थप नयाँ एजेन्डाहरू समेत अगाडि सारेको छु ।’लन्डन नेपाल न्युज सँग उनले भने,मैले एनआरएन युकेको दुई बर्षे उपाध्यक्ष पदमा काम गरि सकेको र आफुले अगाडी सारेका विभिन्न अनुभवलाई अझ संस्थागत बनाउँन र समुदायको हितमा अझ कसरी स्थापित गर्न सकिन्छ भन्ने उद्देश्य अनुरुप संघको आगामी कार्यकाल (२०२१ -२०२३ ) को लागि अध्यक्ष पदमा उमेदवारी दिने निणर्य गरेको छु उनले भने ।
एनआरएन यूकेलाई एकताबद्ध, सशक्त र मजबुद बनाउन र यूकेमा रहेका नेपाली हरुको सुखदुखमा दरिलो साथी बनाउनका लागि आफु संस्थाको नेतृत्वमा आउन चाहेको खड्काको भनाइ छ ।
उपाध्यक्ष खड्काले भने’ संघभित्रको आन्तरिक विवादलाई अन्त्य गरि संस्थागत विकास र बिस्तार गर्न र “नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन र नेपाली समुदायकै हक, हित र अधिकार प्राप्तिको लागि भरमग्दुर प्रयास गर्नका लागि र नयां पुस्तालाई एनआरएन अभियानप्रति आकर्षित गर्न गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेको अध्यक्ष पदमा उमेदवारी रहेको उनको दाबि छ ।
नेपालको स्थाई घर लम्जुङ्ग र पछि चितवन सरेका नेपाली डायस्पोरासंग निकट भएर काम गरेका खड्का युवा उद्यमी तथा बरिस्ठ समाजसेवीका रुपमा परिचित छन् ।उनि बिगत दुई दशकदेखि बेलायत स्थित वकिंग निवासी हुन् ।
खड्काले आफ्नो सामाजिक योगदानको मुल्यांकन गरि दिन सबैमा अपिल गरिरहेका छन् ।






