आकाश भण्डारी-च्याम्पियन्स लिग अन्तर्गत क्वाटर फाईनलको आजको खेलमा डिफेन्डि च्याम्पियन बार्यन मुनिखलाई फ्रेन्च क्लब पिएसजीले २-३ गोल अन्तरले हराएको ।
बार्यन मुनिखको घरेलु मैदानमा भएको खेलमा फ्रेन्च स्टाईकर केलियन एम्बाम्पेले खेलको तेस्रो मिनेटमा नेईमारको पासमा गोल गरेका थिए । त्यस्तै नेइमारकै असिस्टमा २८ औ मिनेटमा पिएसजिका लागी डिफेन्डर मार्किनोसले अग्रता दोब्बर पारे ।
आफ्ना मुख्य फर्वाड रोबट लेबन्डस्की र सेर्ज गेनाब्रे बिना मैदान उत्रिएको मुनिखले ६४ प्रतिशत बल रोजिसन आफ्नो नियन्त्रणमा राखे पनि हार टार्न सकेन । जर्मन क्लब मुनिखको लागी खेलको ३७औ मिनेटमा “एरिक मैक्सिम चौपो मोटि” र ६० औ मिनेटमा “थोमस मुलरले” गोल गरेका थिए । त्यस्तै खेलको ६८ औ मिनेटमा पेरिस सेन्ट जर्मनका केलियन एम्बाम्पेले नै व्यक्तिगत दोस्रो साथै क्लबका लागी तेस्रो गोल गरेका थिए ।
प्रतिसप्रधात्मक खेलमा बार्यन मुनिखले केहि अबसर सृजना गरेपनि थप गोल हुन नसक्दा खेल २-३ गोलको अन्तरमा सकिएको थियो । बार्यन भर्सेस पिएसजिको क्बाटर फाईनलको दोस्रो खेल आगामी अप्रिल १३ मा पिएसजीको घरेलु मैदान “प्रासा दास प्रिन्समा” हुनेछ ।
बार्यन मुनिखले अघिल्लो सिजन च्याम्पियन लिगको फाइनलमा पिएसजीलाई १-० ले हराएर ट्रफि उचालेको थियो । त्यस्तै आज नै भएको अर्को खेलमा चेल्सीले पोर्चुगिज क्लब एफसि पोर्तोलाई २-० गोलले हराएको छ ।
ईङ्लिस क्बल चेल्सीलाई जिताउन मेसन माउन्ट र बेन चिलवेलले गोल गरेका थिए । चेल्सी पोर्तोको दोस्रो खेल अप्रिल १३ मा चेल्सीको घरेलु मैदानमा हुनेछ ।






