लण्डन । कोरोना भाइरसको संक्रमण बढेपछि भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यू लगाइने भएको छ।
दिल्ली सरकारले मंगलबारदेखि लागू हुने गरी रात्रिकालिन कर्फ्यू जारी गर्ने घोषणा गरेको हो।
राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालिन कर्फ्यू जारी गरेको एनडिटिभीले जनाएको छ। कर्फ्यू अप्रिल ३० सम्म जारी रहनेछ।






