यौन दुर्व्यवहारविरुद्ध अस्ट्रेलियामा लाखौँ महिला सडकमा

सिड्नी । अस्ट्रेलियामा लाखौँ महिलाहरू यौन दुर्व्यवहारविरुद्ध आयोजित र्‍यालीमा सहभागी भएका छन्।

अस्ट्रेलियाको संसद्‌लाई केन्द्रबिन्दु बनाएर भएको यौन आक्रमणका आरोपहरूपछि अस्ट्रेलियाभरि प्रदर्शन आयोजना गरिएका हुन्। मार्च फर जस्टिस नाममा सोमवार ४० सहरमा आयोजित प्रदर्शन अस्ट्रेलियाको इतिहासमा महिलाहरूको सबैभन्दा ठूलो प्रदर्शन हुने आयोजकहरूको अपेक्षा छ।

थुप्रै प्रदर्शनकारीले विरोधमा कालो लुगा लगाएका छन्। प्रधानमन्त्री स्कट मोरिसनले प्रदर्शनकारीसँग भेट्न अस्वीकार गरेका छन्।  आइतवार उनले संसद्‌भवनमा प्रदर्शनकारीको टोलीसँग भेट्न चाहे पनि प्रदर्शनकारीहरूले उनले र महिला मामिला मन्त्रीले र्‍यालीमै बोलेर माग सम्बोधन गर्नुपर्ने बताएका बीबीसीले जनाएको छ ।