काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी मिलेर सत्ता सहकार्यको तयारी थालेका छन् । सरकार पुनर्गठनलगायतका विषयमा वार्ता गर्न दुवै दलले संयुक्त कार्यदल गठन गरेका छन् ।
कार्यदलमा एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।
सर्वोच्चको फैसला पछि एमाले र माओबादी छुट्टाछुट्टै दल भएका छन् । यस अबस्थामा माओबादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा एमाले एक्लैले सरकार बनाउन सक्दैन ।
नेकपा एमाले १२१ सिट रहेको तर १३८ सिट चाहिने भएको कारण सरकार गठन गर्न कुनै एक दलसँग सहकार्य गर्नुपर्ने भएकोले एमालेले जसपासँग साथ माग्न लागेको हो ।






