सर्वोच्चले गर्याे नेकपाको एकता नै बदर, नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिए, (पूर्णपाठसहित)

काठमाडौँं । नेपाल कम्युनिष्ट पार्टी नेकपा नाम विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको नाममा फैसला सुनाएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले उक्त फैसला गरेको हो । यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो । आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगलेअरुलाई दिएकाले बदर हुनुपर्ने माग गर्दै ऋषि कट्टेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता भइसकेको थियो। तर तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ३ जेठ २०७५ मा एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा दर्ता गरेको थियो।

आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । कट्टेलले कोष्ठकभित्रको नेकपाको परिभाषा समेत माग गर्नुभएको थियो ।

प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु हुँने दिननै उक्त मुद्धाको फैसला आएको छ । योसँगै पूर्व एमाले र पूर्व माओबादी केन्द्र ब्यूँतिएका छन् ।

यो सँगै नेकपाका दुई पक्षले आधिकारिकता दावी गरिरहेको अवस्थामा नेकपा विवाद थप जटिल बनेको छ । निर्वाचन आयोगले नेकपाको आधिकारीकता टुङ्गोमा पुर्याउन नसकेको अवस्थामा उक्त फैसला आएसँगै अ‍ोली प्रचण्डले अर्काे नाम खोज्नुपर्ने भएको छ ।